| बिहिबार, असार १०, २०८३

दशैँ : हराउँदै थरिथरिका पिङ, पहिले झैँ उड्दैनन चङ्गा

पहिला गाउँका खुला चउर, भञ्ज्याङ, डहर, घरका आँगनमा पिङ राखेपछि दसैँँ आएको सङ्केत जनाउदथ्यो। दसैँँका लागि गाउँका बारीका कान्लामा बाबियो संरक्षण गरेर राखिन्थ्यो। पिङ राख्न बेंसीबाट बाबियो खोज्न आउनेको चहलपहलले गाउँमा दसैँको उमङ्ग बढाउने गरेको थियो ।

केही ठाउँमा लिङ्गे पिङ भने राखेको पाइन्छ। पहिलेको तुलनामा यो पिङ पनि कमै राख्ने गरिन्छ। 

गाउँमा अनिवार्यजसो दसैँँ र तिहारमा लिङ्गे पिङ राख्ने गरिएकामा अहिले यो क्रम घट्दै गएको छ । लिङ्गे पिङ पहिलेजसो बाक्लोमात्रामा भेटिँदैन। 

दसैँँका दिन एक पटक भएपनि जमिन छोड्नुपर्छ भन्ने मान्यताले पिङ खेलिने गरिन्छ। आजभोलि युवापुस्ताले पनि त्यति पिङप्रति चासो दिदैनन्। सानासाना बच्चाका लागि बजारमा आएका प्लाष्ट्रिकको डोरी बाँधेर घर–घरमा पिङ राख्ने चलन भने बढ्न थालेको छ।

गाउँघरमा चनचल्तीमा आएको चर्के पिङ, लिङेपिङ र घुमाउने पिङ खेलेर मज्जा लिदै आफन्त, साथीभाइ भेटघाट हुने र शुभकामना आदानप्रदान गर्ने, खुसी साटासाट गर्ने गरिन्थ्यो।

कामको व्यस्तता, बाह्य संस्कृतिको प्रभाव, पिङप्रतिको मोह कम हुँदै जाँदा अहिले गाउँघरबाट परम्परागत हाम्रा चाडपर्व झल्किने खालका संस्कृति लोप हुँदै गएका छन्। माटोले सिंगारिन छाडे घरका भित्ता दसैँँ आउनु महिना दिन गावै घर लिपपोत गर्न रातो रसेतो माटोको बन्दोबस्तो गरेर घरघरमा राखिन्थ्यो।

गाउँमा घर सिंगारेर चिटिक्क बनाउने छिमेकीबीच होडबाजी नै चल्थ्यो। खोलाका किनार, वनजङ्गलमा माटो खोजेर घर सजाउँदा गाउँ नै सुन्दर देखिन्थ्यो। तर हिजोआज भने खोला, वजनजङ्गलमा धाएर माटो खोजेर घर लिपपोत गर्ने चलन हराउँदै गयो।

घर लिपपोत गर्न प्रयोग गरिने सेतो, रातो, कालो माटोको तुलनामा बजारमा आएका विभिन्न रङ्गरोगनलगायतका वस्तुको प्रयोग बढ्न थालेको छ। बजारमा तयारी अवस्थामा पाइने विभिन्न वस्तुप्रति स्थानीयवासीको आकर्षण बढ्न थालेपछि ग्रामीण वस्तुको उपयोग कम हुन थालेको छ।

पछिल्ला वर्षमा गाउँघरमा पाइने वस्तुलाई उपभोग गर्न छाडेर महँगा मूल्यका वस्तु खरिद गरी घर सिंगारपटार गरेर घर सजाउने क्रम बढ्दो छ।

चाडपर्व सुरु भएदेखि गाउँघरमा साथीभाइ, आफन्त रमाइलो गर्दै आकाशमा चङ्गा उडाउने चलन रहे पनि अहिले यो कतै देख्न पाइँदैन। खुला आकाशमा चङ्गा उड्दा गाउँमा निकै रमाइलो उत्साह छाउँथ्यो। मनोरञ्जन मात्रै नभई परिवारमा खुसी, साथीभाइबीचको सम्बन्ध प्रगाढ बनाउने गर्दछ।

खुल्ला चउर, सडकमा बसेर पालैपालो आकाशमा चङ्गा उडाउँदा गाउँ नै रमाइलो देखिन्थ्यो। हिजोआज बढ्दो सूचना प्रविधिको विकासले आकाशमा प्रतिस्पर्धात्मक रुपमा चङ्गा उडाएर मनोरञ्जन लिने चलन कतै देखिदैन।

प्रतिक्रिया दिनुहोस्