
सडक नपुगेको गोरखाको चुमनुब्रीलाई चीन सरकारले एक्साभेटर दियो
चुमनुव्री गाउँपालिकालाई चीन सरकारले एक्स्काभेटर सहयोग गरेको छ ।
सीमा क्षेत्रमा रहेको हिमाली पालिकालाई चीन सरकारले उपलब्ध गराएको एक्स्काभेटर रसुवागढी नाका हुँदै गोरखा ल्याइएको छ । दुर्गमको चुमनुव्री गाउँपालिकामा सडक सञ्जाल विस्तार हुने क्रममा छ ।
संचालन व्यवस्थापनको योजना बनाएर एक्स्काभेटर प्रयोगमा ल्याउने चुमनुव्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठले जानकारी दिए ।
सहयोग प्राप्त एक्स्काभेटर तिहारपछि चुमनुव्री गाउँपालिका लैजाने श्रेष्ठले बताए । उक्त एक्स्काभेटर सडक सञ्जाल विस्तारमा प्रयोग गर्ने गाउँपालिकाको योजना छ ।




