| बिहिबार, असार १०, २०८३

आज देखि दोस्रो आँबुखैरेनी महोत्सव सुरु, प्रदेश सांसद एवं पूर्वमन्त्री चुमानले उद्घाटन गर्ने

तनहुँको आँबुखैरेनी गाउँपालिकामा आजदेखि दोस्रो आँबुखैरेनी महोत्सव सुरु हुने भएको छ । आजदेखि सुरु भै १५ गतेसम्म संचालन हुने महोत्सवको उद्घाटन गण्डकी प्रदेशका सांसद एवं पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले गर्ने आयोजकले जानकारी दिएको छ ।

मिलनचोक युवा क्लवको आयोजनामा संचालित महोत्सवको उद्घाटन पहिले साँस्कृतिक झाँकी सहित बृहत र्‍यालीको आयोजना हुनेछ।

प्रतिक्रिया दिनुहोस्