
मनकामना केबलकार साउन २३ गतेबाट मर्मतका लागि बन्द हुने
गोरखाका प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जोड्ने केबलकार साउन २३ गतेबाट बन्द हुने भएको छ ।
केबलकार मर्मतका लागि बिदेशबाट प्राविधिकहरु आउने भएकाले साउन २३ गतेदेखि मर्मत नसकिँदा सम्म बन्द रहने मनकामना दर्शन प्रालीले जनाएको छ ।
प्रालीका अनुसार मर्मतको काम सकिन एक महिना भन्दाबढि समय लाग्नेछ । प्रालीले केबलकार बन्द हुँदा भक्तजनमा पर्न गएको असुविधा प्रति क्षमा मागेको छ ।





