| बिहिबार, असार १०, २०८३

गोरखा आरुघाटका यानबहादुर थापाद्वारा सगरमाथाको सफल आरोहण

गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ३ स्वाँराका यानबहादुर थापाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
हिमालय सेफर्ड इको टुरिजम कम्पनीमार्फत जेठ १ गते उनले सगरमाथाको आरोहण गरेको उनले बताए ।

‘आधार शिविरबाट तीन दिनमा सगरमाथाको चुचुरोमा पुगेँ’, उनले भने, ‘फर्कदाँ एक दिनमा झरेँ ।’

३३ वर्षीय थापा ट्रेकिङ गाईडको काम गर्थे । बिस्तारै उनलाई माउन्टेन गाईड बन्न मन लाग्यो । माउन्टेन गाईडको तालिम लिएपछि उनले सगरमाथाको आरोहण गरेको बताए । ‘धेरै पहिलेदेखि सगरमाथा आरोहण गर्ने चाहना थियो’, उनले भने ‘माउन्टेन गाईडको रुपमा अहिले सफल आरोहणको अवसर जुट्यो ।’ आफु आरोहीको रुपमा नभई गाईडको रुपमा आरोहण गरेको उनले बताए ।

वकिल बिष्णुप्रसाद भुषाल, डाक्टर कृति भुषाल र थापा सहितको तीन जनाको टोलीले एकैसाथ सगरमाथाको आरोहण गरेको थियो । ‘टुरिजम मेरो पेशा हो, यसलाई ब्यवशायिक रुपमा अघि बढाउन अब अझै सजिलो हुने अपेक्षा गरेको छु’, थापाले भने ।

प्रतिक्रिया दिनुहोस्