| बिहिबार, असार १०, २०८३

गणेश हिमाल र गणेश कुण्डको पर्यटकीय सम्भावनाको अध्ययन

गणेश हिमाल र गणेश कुण्ड क्षेत्रको पर्यटन विकास गर्न सम्भाव्यता अध्ययन भएको छ । धार्चे गाउँपालिका वडा नं. १, २ र ६ को आर्थिक सहयोग तथा धार्चे मनास्लु पर्यटन विकास समितिको समन्वयमा सो क्षेत्रको पर्यटन विकास गर्न सम्भाव्यता अध्ययन गरिएको समितिका अध्यक्ष साने गुरुङले जानकारी दिए ।

सो क्षेत्रको प्राकृतिक सौन्दर्यता, त्यहाँसम्म पुग्ने पदमार्गको अवस्था, त्यहाँ गर्नुपर्ने पूर्वाधार निर्माण आदिको अध्ययनका लागि एक विज्ञ टोलीले केही दिनअघि १२ दिने पदयात्रा सम्पन्न गरेको छ ।

धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङ, पश्चिम क्षेत्रीय टूेकिङ एसोसिएशन(टान)का सहसंयोजक हेमराज बास्तोला, नेपाल म्याप्सका प्रतिनिधि सगरमाथा आरोही कान्छीडोल्मो हेल्मो र नेपाल म्याप्स हाउसका सहसंयोजक सन्जिव गुरुङसहित टोलीले सम्भाव्यता अध्ययन गरेको हो ।

अध्ययनपछि सो क्षेत्रको नक्शाङ्कन तथा डकुमेन्टूी निर्माण गर्ने भएको छ । सो नक्शा तथा डकुमेन्टूी टान, पर्यटन बोर्ड, टे«किङ एजेन्सीहरुमा दिने र सो क्षेत्रको प्रचार प्रसार गर्ने उनले बताए ।

‘हामी टोलीले आरुघाट गाउँपालिकाको आरखेतदेखि पदयात्रा सुरु गरेको थियो । यात्रा मान्बु हुदै धार्चे गाउँपालिकाको वडा नं ६ यार्सा, काशीगाउँ, केरौजा, कोमाङखर्क, विरेनडाँडा, मन्त्रडाँडा, मेघाचेत, गणेशकुण्ड, कालो ेपोखरी, रन्चेत, काम्लाकोट, हुल्चुक हुँदै गणेश हिमाल बेस क्याम्ससम्म पुगेको थियो,’ उनले भने । वैशाख २ गते देखि १२ गते सम्म नौ जनाको टोली गणेश हिमाल बेस क्याम्प सम्मको पदयात्रा गरेको उनले बताए ।

प्राकृतिक रुपमा अत्यन्तै सम्भावना भएता पनि सम्बन्धित निकायको ध्यान जान नसक्दा सो क्षेत्र ओझेलमा परेको उनको भनाइ छ । सो पदमार्गबाट यात्राका क्रममा मनास्लु, बौद्ध, हिमालचुली, स्याला पिक, श्रृङ्गी, चमार, गणेश टु, गणेश फोर, चरङ्गी हिमाल देख्न सकिन्छ । साथै रुन्चेतको कालोपोखरी र धादिङ जिल्लाको गणेश कुण्डका पनि अवलोकन गर्न सकिने उनले बताए ।
पर्यटकहरुलाई थप आकर्षित गर्न चोरी शिकारीलाई नियन्त्रण गरी जीव जन्तु संरक्षण गर्नुपर्ने, वन क्षेत्रमा हुने गरेको डढेलोलाई निराकरण गर्नुपर्ने देखिएको उनले बताए ।

उक्त पदमार्ग यात्राको क्रममा अधिकांश स्थानमा काठेपुल, भरियाघर, ‘लोकेशन’ चिनाउने साइनबोर्डका राख्नुपर्ने र ठाउँ ठाउँमा खानेपानी व्यवस्थापन गनुपर्ने देखिएको पनि उनले बताए । यसका लागि स्थानीय, प्रदेश र केन्द्र सरकार समक्ष पहल गर्ने उनको भनाइ छ । भौतिक संरचना र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको गणेश हिमालको बेस क्यामसम्मको पदमार्गलाई राष्ट्रिय स्तरमा पर्यटकीय मार्गको रुपमा विकास गर्नका लागि नक्शाङ्कन तयार पार्न र डकुमेन्ट्री बनाउन पदयात्रा थालनी गरेको संयोजक गुरुङले जानकारी दिए ।

डेढ महिनाभित्र उक्त पदमार्गको नक्शाङकन र डुकुमेन्टूी तयार हुने उनले बताए । सो नक्सा पर्यटन बोर्ड, टूेकिङ एजेन्सी (टान), टूाभल एजेन्सी, नेपाल पर्वतारोहण संघ लगायत विभिन्न पर्यटन क्षेत्रका सरोकारवालाई वितरण गरिनेछ । सोहिका आधारमा उनीहरुलाई गणेश हिमालको बेस क्याम्पसम्म आमन्त्रणा गरिने गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्