
गोरखामा आज भब्य रुपमा पृथ्वीजयन्ती मनाईँदै
आज गोरखामा भब्य रुपमा पृथ्वीजयन्ती एवं राष्टिूय एकता दिबस मनाईँदै छ । गोरखा नगरपालिकाको आयोजनामा आईतवारदेखि मंगलवार (आज) सम्म बिभिन्न कार्यक्रम सहित पृथ्वीनारायण शाहाको तीन सय औँ जन्मजयन्ती मनाउन लागिएको हो ।
‘पृथ्वीनारायण शाहाको सम्मान र उहाँको योगदानको स्मरण गर्दै गोरखा नगरपालिकाले हरेक वर्ष पृथ्वीजयन्ती मनाउँदै आएको छ’ नगरप्रमुख राजनराज पन्तले भने । आज बिहान गोरखा उद्योग बाणिज्य संघ गोरखाको संयोजनामा झाँकी सहित ¥यालीको कार्यक्रम तय गरिएको छ । खेलकुद मैदान देखि गोरखा संग्रहालय सम्म बृहत झाँकी ¥यालीको आयोजना गरिएको छ ।
पृथ्वीनारायण शाहा र एकिकरण सम्बन्धी कार्यपत्र प्रस्तुतीको पनि कार्यक्रम छ । बिहान निर्माण ब्यवशायी संघको आयोजनामा गोरखा अस्पतालका बिरामी र कारागारका कैदीबन्दीलाई फलफुल बितरण सहितको कार्यक्रम भएको नगरपालिकाले जनाएको छ ।
मानव सेवा आश्रम गोरखाको संयोजनामा भजन कार्यक्रम समेत रहेको छ । बेलुकी ५ः३० बजे पत्रकार महासंघ गोरखाको संयोजनमा पृथ्वी नारायण शाहाको शालिक भएको संग्रहालय परिसरमा दिप प्रज्वलनको कार्यक्रम तय भएको छ । यी सबै कार्यक्रमको मूख्य आयोजक गोरखा नगरपालिका रहेको छ ।
यस अघि सोमवार बिहान रोष्ट्याक्ट क्लव अफ गोरखाको आयोजनामा खुल्ला दौड प्रतियोगिता भएको छ । पश्चालङ चौतारा देखि ठुलो आगन सम्म भएको दौड प्रतियोगितामा रामजी बस्नेत पहिलो भए । उनले निर्धारित दुरी ३२ मिनेट १७ सेकेण्डमा पुरा गरे । ३३ मिनेट ४३ सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै भिमबहादुर गुरुङ दोस्रो भए भने ३३ मिनेट ४७ सेकेण्डमा दुरी पार गरेर निरोज भट्ट तेस्रो भए । ३३ मिनेट४८ सेकेण्डमा दौड पुरा गर्दै सचिन राई चौँथो भए । बिजेताहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको रोष्ट्याक्ट क्लव अफ गोरखाका शिवहरी तिमल्सिनाले बताए ।
दौडमा २४ जना सहभागी थिए । गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तको प्रमुख आथित्यतामा दौड प्रतियोगिता सुरु भएको हो ।
यस्तै पृथ्वीजयन्तीको अवसर पारेर गोरखा जेसिज गोरखाको आयोजनामा आईतवार नेपाल एकिकरणमा पृथ्वी नारायण शाहाको योगदान बारे बक्तृत्वकला प्रतियोगिता भएको छ ।




