गोरखा संग्रहालयमा शैक्षिक भ्रमण आउनेहरु बढे
केशव गुरुङ :
शैक्षिक भ्रमण सुरु भएसँगै गोरखा संग्रहालयमा आउने विद्यार्थीको संख्या बढ्न थालेको छ । कोभिड महामारीका अवस्था सामान्य बन्दै गएसँगै संग्रहालय घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्न थालेको गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारीले बताए ।
‘कोभिडका कारण संग्रहालयमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या ह्यातै घटेको थियो, अहिले कोभिडको अवस्था सामान्य भएपछि शैक्षिक भ्रमण आउनहरु बढेका छन्’, उनले भने, ‘अहिले दैनिक रु पाँचसयदेखि थोरै भएको दिनमा दुई सय जनासम्म हुन्छन् ।’
कोभिड महामारीका कारण बन्द भएको गोरखा संग्रहालय गत भदौ २२ गतेबाट खुल्ला गरिएको थियो ।
आर्थिक वर्ष २०७८ को असोज मसान्तसम्ममा तीन हजार सात सय १६ जना आन्तरिक पर्यटक संग्रहालय आएको कार्यालय प्रमुख अधिकारीले बताए । उनीहरुबाट ८५ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । शैक्षिक भ्रमण आउन सुरु भएसँगै कात्तिक मसान्त सम्मका संग्रहालय आउने आन्तरिक पर्यटकको संख्या नौ हजार पुग्ने उनले बताए । कार्तिक देखि मंसिर, पुस र माघ सम्म शैक्षिक भ्रमणको सिजन भएकोले आन्तरिक पर्यटकको संख्या अभैm धेरै नै बढ्ने संग्रहालयले जनाएको छ ।

नेपाल एकीकरणको समयमा प्रयोग भएका हतियारहरु, शाह वंशीय इतिहास, विभिन्न शिलालेख, नेपाली पहिचान झल्काउने विभिन जातिको भेषभुषा, विभिन्न बाजाहरु लगायतका इतिहासका धेरै महत्वपुर्ण कुराहरु संग्रहालय भित्र राखिएका छन् । यसले इतिहास बुझन र किताबमा पढेका कुराहरु प्रत्यक्ष रुपमा हेर्न बाह्य जिल्लाबाट हरेक वर्ष शैक्षिक भ्रमणका रुपमा गोरखा संग्रहालय आउने गरेका छन् ।


कोभिडको अवस्था सामान्य भएपनि स्वास्थ्य सुरक्षा मापदण्डलाई भने कडाइका साथ लागु गरिएको उनले बताए । संग्रहालय भित्र प्रवेश गर्ने हरेक ब्यक्तिले अनिवार्य मास्क सहित समूहको नाम, नम्बर र ठेगानाको टिप्ने व्यवस्था गरिएको छ । यसले कसैले कोभिड देखिएमा सम्पर्क गर्न सजिलो हुनेछ ।

गोरखा संग्रहालयमा केही समय ता बाह्य पर्यटकको आगमन संख्या भने घटेको उनी बताउँछन् । ‘यस अघि वार्षिक दुई हजार बाह्य पर्यटक संग्रहालय आउँथे तर कोभिड पछि धेरै नै घटेको छ’, उनले भने, ‘अघिल्लो वर्ष ४२ जना र यो वर्षको हाल सम्म जम्मा १७ जनाले मात्र गोरखा संग्रहालय अवलोकन गरेका छन् ।’

गत वर्ष ३३ हजार दुई जनाले गोरखा संग्रहालय अवलोकन गरेका थिए । उनीहरु मध्य ४२ जना बाह्यक पर्यटक हुन भने बाँकी सबै आन्तरिक पर्यटक हुन् । उनीहरुबाट आठ लाख ६० हजार राजस्व जम्ममा भएको संग्रहालयले जनाएको छ ।
हाल गोरखा संग्रहालयभित्र प्रवेश गदा बाह्य वा तेस्रो मुलकका पर्यकटलाई एक सय रुपैयाँ, सार्क राष्टूका पर्यटकलाई ५० रुपैयाँ गरेको छ । नेपालीहरुलाई २५ र विद्याथीहरुलाई १० रुपैयाँ लिने गरेको गोरखा संग्रहालयले जनाएको छ ।


