
मनकामना दर्शन गर्न भारतीय केन्द्रीय वित्त राज्यमन्त्री आज आउँदै
भारतका वित्त राज्यमन्त्री पंकज चौधरी नीजि भ्रमणमा नेपाल आएका छन् । उनी सुनौली भैरहवावाट स्थलमार्ग हुँदै मनकामना दर्शनका लागि नेपाल आएका हुन् ।
उनीसँगै तीर्थाटनमा उनका परिवारका सदस्य र केही भारतीय नेता रहेका पत्रकार अजय चौहानले जानकारी दिए ।
मन्त्री तीनवटा भारतीय गाडी र दुईवटा नेपाली गाडीमा आइपुगेका छन् । उनी भारतीय जनता पार्टीका नेता हुन् ।
मन्दिर दर्शनका लागि उनी आउने कार्यक्रम रहेको गोरखा प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए । ‘उहाँ दर्शनका लागि आउने कार्यक्रम हो, केबलकारबाट जाने र फर्कने कार्यक्रम छ’ उनले भने ।
जिल्ला प्रशासन कार्यालयले मनकामना क्षेत्रको सुरक्षा ब्यवस्थामा कडाई गरेको जनाएको छ ।




