| बिहिबार, असार १०, २०८३

नेपाली आकाशमा मुस्ताङ हेलिकोप्टरको उडान सुरु


काठमाडौँ – मुस्ताङ हेलिकप्टरले नेपाली आकाशमा उडान अनुमति पाएको छ । हेलिकप्टरले नागरिक उड्डयन प्राधिकरणबाट बिहिबार उडान अनुमति पाएको हो ।


अनुमति पाएसँगै फ्रान्समा निर्मित एयर बस हेलिकप्टरमार्फत सेवा सुरु गरेको मुस्ताङ हेलिकप्टर कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोनन लामिछानेले जानकारी दिए ।


कम्पनीले हेलिकम्टरमार्फत रेस्क्यू, चार्टर, कोभिड–१९ का बिरामीको उद्धार, एरियल फोटोग्राफी, कार्गो, कार्गो सिलिङलगायतको सेवा दिनेछ’ लामिछानेले भने ।

प्रतिक्रिया दिनुहोस्