
मनकामना र गोरखकाली मन्दिर आजदेखि खुल्यो, केबलकार पनि संचालन
गोरखाको प्रसिद्ध धार्मीक स्थल मनकामना र गोरखकाली मन्दिर आजदेखि खुलेको छ ।
मनकामना दर्शन प्रालीले केबलकार पनि आजदेखि संचालनमा ल्याएको छ । चार महिना देखि बन्द केबलकार खुलेपछि स्थानीयलाई सहज भएको छ ।
यी दुई प्रसिद्ध धार्मीक स्थल बाहेकका जिल्लाका अन्य मठ मन्दिर पनि भक्तजनका लागि खुलेका छन् ।
मनकामना मन्दिरमा भक्तजनका लागि बाहिरबाट पुजाआज र दर्शन गर्ने ब्यवस्था मिलाइएको छ । मन्दिर परिसरमा हात धुने ब्यवस्था मिलाउने, पुजारी, कर्मचारीले पन्जा, मास्क, फेससिल्ड अनिवार्य लगाउने, भक्तजनले स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्न लगाउने निर्णय बैठकले गरेको छ ।
अनावश्यक भिडभाड नगरी, सामाजिक दुरी कायम गरेर पुजा गर्न भक्तजनलाई पनि अनुरोध गरिएको छ ।




