| बिहिबार, असार १०, २०८३

आईतबारबाट मनकामना केबलकार संचालन हुने

पाँच महिनादेखि बन्द मनकामना केबलकार आईतबारबाट संचालनमा आउने भएको छ ।

कोभिड १९ को बढ्दो संक्रमणका कारण बन्द केबलकार संक्रमण घटेसँगै संचालन गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रालीका नायब प्रबन्धक उज्वल शेरचनले बताए ।

२०७८ बैशाख १६ गते देखि केबलकार बन्द छ ।

त्यसयता १० करोड रुपैयाँ भन्दाबढि घाटा लागेको कम्पनिले जनाएको छ । ‘कोभिडको पहिलो लहरका बेला पनि नौ महिना केबलकार बन्द गर्नुप¥यो’ नायब प्रबन्धक शेरचनले भने ।

मनकामना क्षेत्रका स्थानीयको आउजाउको सहज माध्यम केबलकार हो । अहिले वर्षातले कच्ची सडक बिग्रिएको र आउजाउ गर्न मुस्किल भएको भन्दै स्थानीयले केबलकार संचालन गर्न कम्पनिलाई दवाव दिईरहेका छन ।

कम्पनिका अनुसार बैशाखदेखि असारसम्म केबलकारमा भक्तजन धेरै आउँथे । अहिले पनि दैनिक एकहजार मानिस केबलकार चढ्न आउने सिजन हो । केबलकारमा मात्रै एकसय ५० जना कर्मचारीले रोजगारी पाएका छन् ।

मनकामना मन्दिरमा दर्शन गर्न जाने भक्तजन र स्थानीयले केबलकार प्रयोग गर्छन । पृथ्वीराजमार्गको कुरिनटार र गोरखाको मनकामना जोड्ने केबलकार २०५५ मंसिरबाट संचालनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्