
मनकामना र गोरखकाली मन्दिर खुल्ला गर्ने तयारी (आजको निर्णयको पुर्ण पाठ सहित)
गोरखाको प्रसिद्ध धार्मीक स्थल मनकामना र गोरखकाली मन्दिर खुल्ला गर्ने तयारी गरिएको छ।
बिहिवार जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले पाँच महिनादेखि बन्द मन्दिर खुल्ला गर्न तयारी गर्ने निर्णय गरेको हो ।
‘मनकामना मन्दिरमा कसरी पुजा ब्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा वडाका जनप्रतिनिधी, क्षेत्र बिकास समितिका पदाधिकारी सँग योजना माग गर्ने निर्णय भएको छ । ‘हामीले योजना माग गर्छौँ र त्यसैको आधारमा प्रशासनले निर्णय गर्छ’ निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने । मनकामना मन्दिर र गोरखकाली सँगै खोल्ने निर्णय हुने उनले बताए ।
स्थानीय ब्यापारी ब्यवशायीले मन्दिर खोल्न दबाव दिँदै आएका छन् । मन्दिर खोलेपछि मनकामना केबलकार पनि संचालन हुने र स्थानीयको दैनिकी सहज हुने उनीहरुले बताएका छन् ।
गोरखकाली मन्दिरमा भक्तजनको संख्या कम हुने हुँदा ब्यवस्थापनमा समस्या छैन । मनकामना मन्दिरमा भक्तजन धेरै हुने हुँदा ब्यवस्थापन, पुजा संञ्चालनबारे योजना बनाएर मन्दिर खोल्ने निर्णय गरिएको सहायक प्रजिअ भण्डारीले बताए ।
दोस्रो लहरको कोरोना संक्रमण बढेपछि पाँच महिनायता मन्दिरमा नित्यपुजा बाहेक बन्द गरिएको थियो ।





