| बिहिबार, असार १०, २०८३

निषेधाज्ञा अझै खुकुलो भए आउँदो सातादेखि मनकामना केबलकार संचालनमा आउने

गोरखा, चितवन, तनहुँ लगायतका जिल्लामा निषेधाज्ञा खुकुलो हुँदै गएको खण्डमा भदौ तेस्रो साताबाट मनकामना केबलकार संचालन गर्ने तयारी गरिएको छ ।  

कोभिड १९ को बढ्दो संक्रमणका कारण तीनमहिना देखि बन्द केबलकार संचालन गर्न स्थानीयले मनकामना दर्शन प्रालिलाई दबाव दिएका छन् ।  

‘अहिले निषेधाज्ञा केही खुलेको छ, अझै खुल्यो भने भदौको २० पछि चलाउने योजना छ,’ मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले भने  । २०७८ बैशाख १६ गते देखि केबलकार बन्द छ ।

त्यसयता १० करोड रुपैयाँ भन्दाबढि घाटा लागेको कम्पनिले जनाएको छ । ‘कोभिडको पहिलो लहरका बेला पनि नौमहिना केबलकार बन्द गर्नुप¥यो’ नायब प्रबन्धक शेरचनले भने ।  

हिले गोरखामा जोरबिजोर प्रणालिमा सवारी साधन चलाइएको, चितवनमा पनि सातामा तीन दिन मात्र बजार खोल्न दिइएको लगायत कारणले भदौ २० सम्म केवलकार संचालन गर्न नसकिने उनले बताए । ‘त्यसपछि कोभिडको अवस्था, प्रशासनको योजना अनुसार हामी अघि बढ्छौं,’ उनले भने ।  

मनकामना क्षेत्रका स्थानीयको आउजाउको सहज माध्यम केबलकार हो । अहिले वर्षातले कच्ची सडक बिग्रिएको र आउजाउ गर्न मुस्किल भएको भन्दै स्थानीयले केबलकार संचालन गर्न कम्पनिलाई दवाव दिईरहेका छन ।  

कम्पनिका अनुसार बैशाखदेखि असारसम्म केबलकारमा भक्तजन धेरै आउँथे । अहिले पनि दैनिक एकहजार मानिस केबलकार चढ्न आउने सिजन हो । केबलकारमा मात्रै एकसय ५० जना कर्मचारीले रोजगारी पाएका छन् ।

कोभिड १९ को पहिलो लहरका बेला नौमहिना बन्द केबलकार अहिले तीन महिनादेखि बन्द छ ।  

मनकामना मन्दिरमा दर्शन गर्न जाने भक्तजन र स्थानीयले केबलकार प्रयोग गर्छन । पृथ्वीराजमार्गको कुरिनटार र गोरखाको मनकामना जोड्ने केबलकार २०५५ मंसिरबाट संचालनमा आएको हो ।

कोभिड १९ का कारण स्थापना भएदेखि सबैभन्दा लामो समय उद्योग बन्द भएको कम्पनिले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्