| बिहिबार, असार १०, २०८३

सिरानचोकको श्रीनाथकोटमा पहिलो पटक सवालाख रोट चढाईँदै

गोरखनाथको बाल कृडास्थलको रुपमा सिरानचोकको श्रीनाथकोटलाई लिईन्छ । कोरोना प्रभावका कारण नित्यपुजा अन्र्तगत यस वर्ष समान्य रुपमा रोट चढाइएको श्री श्री गोरखक्ष धाम सिद्धाश्रम केन्द्र गोरखा महासचिव दिनेश दानीले बताए । त्यहाँ पनि सर्वसाधारण रोट चढाउने, पुजापाठ गर्ने कार्यक्रममा सहभागी छैनन् ।
साधक साधिकाले नित्यपुजा अन्र्तगत बुधवारदेखि रोट चढाउन थालेका छन् । गोरखा दरबारमा जस्तै त्यहाँ पनि ११ दिन सम्म रोट चढाईनेछ । ऐतिहासिक सिरानचोक कोट र गोरखा दरबार बिचको धार्मीक, सांस्कृतीक, ऐतिहासिक सम्बन्धलाई बलियो बनाउन रोट महोत्सव सुरु गरिएको आयोजक केन्द्रले जनाएको छ । कोरोना प्रभावका कारण पहिलो पटकको रोट अर्पण कार्यक्रम समान्य रुपमा नित्यपुजा अन्र्तगत संचालन भएको वडा नम्बर २ का अध्यक्ष ज्ञानेन्द्र गुरुङले बताए ।
प्राचिन इतिहासलाई हेर्दा परापूर्बकालमा नाथ सम्प्रदायका एक जना जोगीले सिरानचोकमा मण्डली नामकी शक्ति अर्थात देवीको मुर्ति स्थापना गरी उक्त मूर्तिमा नित्य पूजा प्राथना गर्ने गर्दथे । उक्त मण्डली देवीको मन्दिरमा तिर्ने श्रीनाथ बाबाले दैनिक पूजा आरधना गर्ने भएकाले उक्त मन्दिरको नाम पनि श्रीनाथ मन्डली रहन गएको हो भन्ने भनाइ छ । तिनै देवी र श्रीनाथ बाबाको आश्रम लिएर १६औं शताब्दीमा स्थापनमा गरिएको श्रीनाथ मण्डली मन्दिरलाई तत्कालीन राज्यले इष्ट देवताको रुममा पूजा स सम्मान गर्ने गरेको पाइन्छ । अहिले उक्त ऐतिहासिक स्थलको संरक्षणमा सिरानचोक गाउँपालिकाले गुरु योजना बनाएर अघि बढेको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्