
मनकामना केवलकार आजदेखि सञ्चालनमा आउने
गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जोड्ने केबलकार सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
मर्मतका लागि बन्द गरिएको केबलकार पूर्वनिर्धारित समयभन्दा एक दिनअघि नै सञ्चालनमा आउन लागेको हो ।
यसअघि चैत ३१ गते मंगलबारसम्मका लागि बन्द हुने जानकारी गराइए पनि मर्मतकार्य समयमै सकिएकाले आज सोमबारदेखि पुन सुरू हुने भएको हो ।
मनकामना दर्शन प्रालिले शनिबार सूचना जारी गर्दै प्रथम चरणमध्येको कार्य अनुमानित समयभन्दा एक दिन अगावै सम्पन्न भएकोले चैत ३० गते सोमबारबाटै सञ्चालनमा आउने जानकारी दिएको हो ।
चैत २३ गतेदेखि मर्मतका लागि बन्द गरिएको केबलकारको विदेशी प्राविधिकहरूले काम गर्दै आएका थिए । ६ दिन बन्द गरिएको केबलकार पाँच दिनमा नै काम सम्पन्न भएकोले सञ्चालनमा ल्याउन लागिएको सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिए ।
केबुलकारको स्तरोन्नतिको पहिलो चरणमध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मत सम्भारका लागि केबुलकार बन्द गरिएको थियो ।




