| आइतवार, कार्तिक २२, २०८३

आरुघाटमा भ्यूटावर र पार्क बन्न

आरुघाट गाउँपालिका वडा(१० चनौटेमा रहेको रमाइलो डाँडामा भ्यू टावर र पार्कको बन्ने भएको छ । भ्यू टावरं निर्माणका लागि गाउँपालिकाले १० लाख र संघिय सरकार अन्र्तगतको पर्यटन मन्त्रालयबाट १२ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले बताए ।
‘डिपिआर तयार पारी काम सुरु भइसकेको छ’, अध्यक्ष दाहालले भने ‘रमाईलो डाँडालाई पर्यटकीय हव बनाउने योजना गाउँपालिकाको छ ।

’ आन्तरिक पर्यटकको गन्तब्यको रुपमा बिकास गर्न बिभिन्न संरचना निर्माण गर्नु आवश्यक भएको उनले बताए ।
शनिबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले भ्यू टावर र पार्कको शिलान्याश गरेका हुन् । शिलान्यास गर्दै मन्त्री बस्नतेले प्रदेशको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने बताए ।


‘गण्डकी प्रदेशको र गोरखा जिल्लाको आर्थिक सम्बृद्धि पर्यटन क्षेत्रको बिकास बाट मात्रै अघि बढ्न सक्छ भन्ने हाम्रो निश्कर्ष छ’ उनले भने । पर्यटक आउन थालेपछि स्थानीयको आर्थिक स्तर उकासिने बताउँदै उनले जिबिकोपार्जनमा मद्धत पुग्ने, स्थानीय उत्पादन उपभोग हुने र त्यसबाट सर्वसाधारणले फाईदा लिन सक्ने बताए । आउँदो वर्ष गण्डकी प्रदेश सरकारले त्यस स्थलमा अन्य संरचना निर्माण गर्न आंवश्यक बजेट विनियोजन गर्ने मन्त्री बस्नेतले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्