| आइतवार, कार्तिक २२, २०८३

लक्ष्मीबजारमा गोरखक्षनाथ शक्तिकेन्द्र पिठको शिलान्यास

गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीबजारको आहाले (कैलाशडाँडा)मा गोरक्षनाथ राजविद्या शक्तिकेन्द्र पिठको शिलान्यास गरिएको छ । आईतवार एक कार्यक्रमका बीच गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले उक्त पिठको शिलान्यास गरेका हुन् ।

वैदिक विधिअनुसार पूजापाठ गरेर पिठको शिलान्यास गरिएको थियो । अन्य जिल्लाबाट पनि साधक साधिका सहभागी भएका थिए । यस्ता धार्मिक पिठहरुले जिल्लाको गरिमा पनि बढाउँछ’ शिलान्यासका क्रममा उनले भने । गोरक्षनाथ प्रकटस्थलमा पिठ निर्माण गर्न लागिएको गोरक्षनाथ आश्रम व्यवस्थापन समितिका संयोजक होमसिँह बस्नेतले जानकारी दिए ।


५४० रोपनी क्षेत्रफल जग्गा रहेका सो स्थानमा गोरक्षनाथको ५४ मिटर अग्लो शिखर शैलीको मन्दिर निर्माण हुने छ । देशका विभिन्न पाँच ठाउँमा विभिन्न पिठ निर्माण गर्ने अभियान अनुसार पाँचौँ पिठको गोरखामा शिलान्यास गरिएको हो । करिब डेढ करोडको लागतमा निर्माण हुने मन्दिरमा जागृत अबस्थाको मूर्ति प्रतिस्थापन गरिन्छ ।

मन्दिर निर्माणका लागि इन्द्रबहादुर रानाको संयोजकत्वमा निर्माण समिति गठन भएको छ ।
समितिले हाल डेढ करोड रुपैयाँको लागतमा मन्दिर निर्माण गर्ने र भविष्यमा छ करोड रुपैयाँ लगानी गरी तन्त्र साधना केन्द्र, जप तथा भजनगृह, गुरुकुल निर्माण गर्ने लक्ष्य राखेको संयोजक बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्