
पूर्णिमालाई अन्नपूर्ण आरोहण गर्न गण्डकी प्रदेशको आठ लाख सहयोग
गोरखाको आरुघाट गाउँपालिका ९ कि पूर्णिमा श्रेष्ठलाई अन्नपूर्ण १ हिमाल आरोहण गर्न गण्डकी प्रदेश सरकारले आठ लाख रुपैयाँ दिने भएको छ । यस अघि सर्वोच्च शिखर सगरमाथा, मनास्लु र आमादब्लमको सफल आरोहणी गरेकी श्रेष्ठलाई शुक्रवार पोखराबाट बिदाई गरिनेछ ।
‘शुक्रवारदेखि मेरो यात्रा सुरु हुन्छ’ श्रेष्ठले भनिन् ‘करिब तीन हप्ता लाग्छ ।
’ उक्त हिमाल आरोहण गर्दा करिब २५ लाख रुपैयाँ खर्च हुने उनले बताईन । सेभेन समिट टूृेक मार्फत उनले आरोहण गर्न लागेकी हुन् । आठ हजार ९१ मिटर अग्लो हिमाल आरोहण गर्न लागेको उनले बताईन । सर्वोच्च शिखर सगरमाथाको समेत सफल आरोहण गरेकी श्रेष्ठले उक्त हिमाल आरोण गर्न पहिलेको अनुभवले केही सहज हुने बताएकी छिन् । अन्नपूर्ण १ हिमालको सफल आरोहण गर्न सकेमा उनी उक्त हिमाल चढ्ने पहिलो नेपाली महिला हुनेछिन् ।
‘आफ्नो प्रदेशको हिमाल र यो किलर माउन्टेनको रुपमा चिनिने भएकाले पनि चढ्न लागेको हुँ’ उनले भनिन् ‘गण्डकी प्रदेसको प्रचार प्रसार गर्न यो हिमाल आरोहण गरेका हुँ ।’ मनास्लु १ आरोहण गर्न गाहूो हिमालको रुपमा चिनिन्छ । उक्त हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्छ । उक्त गाउँपालिकाले पनि श्रेष्ठलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।




