
फागुन ७ गते हुने लिगलिगे साईकल दौडको तयारी तिब्र
फागुन ७ गते पालुङ्गटार नगरपालिकाको लिगलिगकोटमा हुने साइकल दौड प्रतियोगिताको तयारी तिव्र पारिएको छ । अहिले धमाधम नाम दर्ता र आन्तरिक तयारीको काम भईरहेको आयोजक लिगलिग भिलेज स्पोटर्सका अध्यक्ष संजिव थापा मगरले बताए ।
पालुङटार गाउँपालिका, सिरानचोक गाउँपालिका, लमजुङको राइनास नगरपालिकालाई जोडेर ५५ किलोमिटर लामो साइकल दौड हुन लागेको हो । कार्यक्रमा नेपाल टुरिजम बोर्ड र पालुङटार नगरपालिकालाई प्रायोजकको रुपमा राखिएको छ ।
पालुङटार नगरपालिकाको लिगलिग कोटबाट सुरु हुने साइकल दौड प्रतियोगिता कुल ५५ किलोमिटरको हुने आयोजकले जनाएको छ । प्रजातन्त्र दिवस ९फागुन ७० लिगलिगकोटबाट सुरु गरेर विभिन्न ठाउँ हुँदै फेरि लिगलिगकोटमा नै आएर अन्त्य गर्ने गरी कार्यक्रम तय गरिएको छ । प्रतियोगितामा सहभागी हुने नेपाली नागरिकाको लागि जनही १५०० रुपैयाँ, सार्कका नागरिकको लागि ५००० र सार्क मुलुकभन्दा बाहिरका नागरिकको लागि १० हजार रुपैयाँ सहभागिता शुल्क तिर्नुपर्ने व्यवस्था छ ।
दौडमा सहभागी हुनको लागि माउन्टेनबाइक अनिवार्य गरिएको छ भने सहभागीलाई पालुङटारमा खान बस्नको व्यवस्था एवं डुम्रेदेखि गाडीमा पालुङटारसम्म लैजाने व्यवस्था पनि आयोजकले नै गरेको छ ।




