
गोरखादेखि पदयात्रामा हिँडेको नेपाली सेनाको टोली नुवाकोटबाट काठमाण्डौँ तर्फ
गोरखाबाट एकिकरण पदयात्रामा निस्किएको नेपाली सेनाको टोली नुवाकोट पुगेको छ । पुस २१ गते गोरखा दरबारबाट पृथ्वी नारायण शाहाले नेपाल एकिकरणका क्रममा प्रयोग गरेका ऐतिहासिक पदमार्गको प्रयोग गर्दै नेपाली सेनाको टोली पदयात्रामा निस्किएको थियो ।
शुक्रवार नुवाकोटको शुभघाटमा पुगेको टोलीलाई विदुर नगरपालिकाको नगरप्रमुख सञ्जु पण्डित, उपप्रमुख गीता कुमारी दाहाल, वडा नं १० का वडाध्यक्ष गणेशकुमार नेपाल लगायत स्थानीयवासीले स्वागत गरेका छन् ।
नुवाकोटको जबरजंग गणको सेनाले एकीकरण टर्च’ नुवाकोटको सामरीस्थित पृथ्वीनारायण शाहले बास बस्ने तथा उनको सैनिक फौज बसेको पौवामा एक कार्यक्रमका बिच ग्रहण गरेको हो ।
शुक्रबार दरबार परिसरमा विशेष कार्यक्रमपश्चात् अघि बढेको ‘एकीकरण टर्च’ र्याली धरमपानी, शेरास्थित रानीको दरबार, बरबन्दी, चतुराले, ककनी हुँदै काठमाडौंस्थित सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकसम्म पुराएर त्यहाँ विशेष कार्यक्रम गरेर त्यस -यालीको समापन गरिने नेपाली सेनाले जनाएको छ ।
गोर्खाली फौजले विसं १८०१ असोज १५ मा नुवाकोटमाथी विजयी गरेर उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणको थप सफलताले विशाल नेपाललाई एउटै मालामा गास्न सफल भएको सन्देशलाई ‘एकीकरण टर्च’ र्यालीमार्फत सकारात्मक सन्देश प्रवाह गरिने लक्ष्य राखिएको छ ।




