ठेकेदारको चरम लापर्वाहीले गोरखा दरबार बनेन (अहिलेको अवस्था यस्तो छ, हेर्नुहोस् फोटोहरु)
गोरखाको इतिहास झल्काउने पु्रातात्विक, ऐतिहासिक गोरखा दरबार पुन निर्माण निर्माण ब्यवशायीका कारण ढिलाई भएपछि स्थानीय आक्रोशित बनेका छन् ।
पचली सिवाको जेभी कन्स्ट्रक्सनले २०७४ कात्तिकमा २४ महिना भित्रै दरबार निर्माण गर्ने सम्झौता पुरातत्व बिभाग सँग गरेको थियो ।
पहिलो पटक भएको सम्झौता भित्र निर्माण पुरा नभएपछि छ महिना म्याद थप भयो । मंसिर मसान्त भित्र दोस्रो पटक थपिएको म्याद सकिएपछि अहिले म्याद थप भएको छैन । चार करोड ३७ लाख भईरहेको पुन निर्माणको काम प्रति सर्वसाधारण, सरोकारावाला, भक्तजन सबै असन्तुष्ट छन ।
कोभिड १९ को प्रभाव नभएको भए अहिले शैक्षिक भ्रमणको मूख्य सिजन थियो । नेपालको इतिहास बुझ्न, हेर्न दैनिक हजारौँ विद्यार्थी गोरखा आउँथे । पुरानो कला कौशल, शाहबंसको इतिहास, गोरखाको धार्मीक साँस्कृतीक परम्परा झल्कने गरी निर्माण भएको गोरखा दरबार तत्काली राजा राम शाहाको कार्यकालमा निर्माण भएको मानिन्छ । दरबारमा कलात्मक शैलीका झ्याल ढोका प्रयोग भएका छन् ।
अहिले गोरखा दरबारको दोस्रो तला निर्माणको काम भईरहेको छ । दरबारमा पुराना झ्याल ढोका प्रयोग भएका छन् । नयाँ र पुराना काठ बिच तालमेल नमिल्दा पहिले भन्दा सुन्दरतामा कमि देखिन्छन् ।
गोरखा दरबार पुन निर्माण अलपत्र छ । भुकम्पमा भत्किएको दरबार अहिले सम्म बनेको छैन । ऐतिहासिक धार्मीक धरोहर निर्माणमा ढिलाई गर्ने ब्यवशायीलाई कारवाही भएको छैन । ठेकेदारले झनै काम ढिलो गरेका छन् । गोरखा दरबार बनेको छैन अरे भन्ने हल्लाले भक्तजन, पर्यटक आउने क्रम घटेको स्थानीइ मिलन राना मगर बताउँछन् । जसका कारण स्थानीयको होटल ब्यवशाय, फुलप्रसाद ब्यापार, गोरखाको प्रचार प्रसार समेत राम्रो हुन सकेको छैन । सिङ्गो जिल्लाको पहिचान गोरखा दरबार पुन निर्माण ढिलो हुँदा सरोकारवाला सबैले चासो दिनुपथ्र्यो । त्यो पनि हुन सकेको छैन । ठेकेदारको चरम लापर्वाहीले दरबार अलपत्र रहेको गुनासो उनले गरे ।
‘हामी आफ्नो दुःख पिडा बिसाउन मठ मन्दिर, दरबार आउँछौँ । भगवानलाई पुकार्छौँ । तर गोरखकाली मन्दिर आउँदा यहाँ आएर हेर्दा आफ्नो पिडा भुल्नु भन्दा झनै पिडा थपियो’ मन्दिर परिसरमा भेटिएका भक्तजन वुद्धी जोगीले भने । यहाँको पुन निर्माण सुस्त छ । धेरै पहिले देखि दरबार पुन निर्माण पुरा नहुँदा वरपर निर्माण सामग्री यत्रतत्र छरिएका अलपत्र छन् । हिड्न पनि समस्या छ । यसरी काम नगर्नेलाई सबै पक्षले दबाव दिने र कारवाहीको दायरामा ल्याउने हो भने काम छिटो हुन्थ्यो कि !
‘हामीले दरबार पुन निर्माणमा ढिलाई गरेको प्रति पटक पटक गुनासो ग¥यौँ । स्थानीयले वडामा, नगरपालिकामा पनि धेरै गुनासो गर्नुभयो । पुन निर्माणको काम पुरातत्व बिभागबाट सोझै भएकाले ब्यवशायीलाई हाम्रो तर्फबाट प्रेसर दिन सकिएन’ गोरखा नगरपालिका ६ का वडा सदस्य आनन्द गुरुङले भने । ठुला निर्माण ब्यवशायीलाई राजनीतिक दलको संरक्षण हुने रहेछ । कार्यालयका कर्मचारीसँगको मिलेमतोले कारवाही पनि नहुने रहेछ । जति पटक पनि म्याद थप्न पाईने कस्तो नियम ? त्यही कारण आज गोरखा दरबार पुन निर्माण हुन ढिलो भईरहेको छ ।
निर्माण ब्यवशायी उदासिन हुँदा गोरखा दरबार पुन निर्माणमा ढिलाई भएको छ । अहिले करिब ६५ प्रतिशत काम सकियो । पुरातत्व बिभागले दोस्रो पटक थपेको समय पनि सकियो । ‘पुन म्याद थप गर्ने वा निर्माण ब्यवशायीलाई कारवाही गर्ने भन्ने यकिन भएको छैन’ गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरी भुसालले भने । तर काम भईरहेको छ । दु्रत गतीमा काम भयो भने तीन महिना भित्र पुरा हुन्छ । यस अघि जस्तै ढिलाई हुने हो भने कहिले दरबार पुन निर्माण हुन्छ भन्न सकिन्न ।
जगमा प्राविधिक समस्या देखिएपछि छ महिना थप समय लाग्यो । त्यसयता निर्माण ब्यवशायीकै कारण मात्र ढिलाई भएको छ । हामीले पटक–पटक ताकेता गरेको उनले बताए ।
अहिले छ जना काठको काम गर्नेहरु छन् । बिचमा काठको समस्याले कामले गती लिन सकेन । पुस मसान्त सम्म दोस्रो तलाको गाह«ो लगाउन थाल्छौँ । चैत सम्म सक्ने लक्ष्य रहेको निर्माण कम्पनीका ओभरसियर अक्सर अलि मियाँले बताए । दोस्रो तलाको पाखा दलिन राख्ने काम भईरहेको छ । अब काम धेरै छैन । अन्य पुन निर्माण जस्तौ छिटो र सहज नहुने रहेछ । म पनि नयाँ आएकाले पहिलेका विषयमा अनविज्ञ छु ।








