
धार्चे गाउँपालिकाको सिग्नेचर धुन तयार
गोरखाको दुर्गममा रहेको धार्चे गाउँपालिकाले आफ्नो सिग्नेचर धुन तयार गरेको छ ।
गाउँपालिकाको सर्वाङ्गीण परिचय गराउने गरी ‘इन्स्ट्रुमेण्टल’ धुन तयार गरेको हो ।
दुई मिनेट ५७ सेकेण्ड लामो सो धुन कलाकार आइतराम गुरुङको नेतृत्वको टोलीले तयार पारेको हो । दशैपछि गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालको हातबाट सो धुनको उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।
सो धुन गाउँपालिकाको हरेक कार्यक्रम सुरु हुनुअघि राष्ट्रियगान गाइसकेपछि प्रस्तुत गर्ने अवधारणाअनुसार तयार गरिएको उनले बताए ।
धुनमा झाँक्री, वनको घ्याब्री(तुम), पैटी(जैसी), अर्गुङको वनको लामाले बजाउने धुन, सोरठी, मारुनी, घाँटु, मकै बिबाह झल्काउने धुन पनि समेटिएको धुन निर्माणकर्ता आइतराम गुरुङले बताए ।




