| बुधबार, असार ३१, २०७७

कोरोनाबाट मुक्तीको कामना गर्दै गोरखनाथलाई सवालाख रोट चढाईयो

कोरोना भाईरसका कारण विश्व आक्रान्त परिरहेका बेला गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखानाथ मन्दिरमा सवालाख रोट अर्पण गरिएको छ । बैशाख पूर्णिमादेखि सुरु भएको रोट अर्पण कार्यक्रम आज सकिएको सिद्धाश्रम शक्ति केन्द्रका केन्द्रिय संयोजक रामजी अर्यालले बताए ।
‘नेपाल र विश्वशान्तिको कामना गर्दै बिगतका वर्षमा रोट अर्पण गरिन्थ्यो’ उनले भने ‘अहिले कोरोनाको बिपत्ती र संकट भएकाले यसबाट मुक्तिको आशा गर्दै सवालाख रोट अर्पण गरियो ।’लकडाउनका बाभजुत यो पटक १७ औँ वर्ष सभालाख रोट अर्पण गरिएको हो । राजा पृथ्वीनारायण शाहका गुरु गोरखनाथ प्रकट भएको दिनको रुपमा हरेक वर्ष सिद्धाश्रम शक्ति केन्द्रले बैशाख पूर्णीमादेखि ११ दिन सम्म रोट चढाउँदै आएको छ ।


‘यस अघिको १६ औँ वर्षमा सर्वसाधारण भक्तजनले पनि रोट अर्पण गर्नुहुन्थ्यो’ सिद्धाश्रम शक्ति केन्द्रका केन्द्रिय संयोजक रामजी अर्यालले भने ‘यस वर्ष शक्ति केन्द्रले आफैँ मात्र रोट चढायौँ, परम्परालाई निरन्तरता मात्रै दियौँ ।’ गोरखनाथ र गोरखकाली मन्दिर परिसरमा भजन, कृतन, पुजापाठ गरेर सयौँ भक्तजनको उपस्थितीमा हुने रोट महोत्सव कोरोना प्रभाव र लकडाउनको असरले केही रौनक थिएन । केन्द्रको भबनमा हवन र गुफामा सिद्धाश्रम शक्ति केन्द्रका सिमित साधक साधिकाले पुजापाठ गरेका हुन् । बिगतका वर्षमा सदरमुकाम देखि रथ बोकेर गोरखनाथ मन्दिर लगिन्थ्यो । यस वर्ष कलशयात्रा, रथयात्रा केही भएन । जिल्ला बाहिरबाट आउने भक्तजन आउन पाएनन भने रोट चढाइएको बारे स्थानीयले समेत पत्तो पाएनन्
रोट चढाउने ठाउँ गोरखनाथ मन्दिर र गोरखकाली दरबार सँगै छ । निर्माण जिम्मा लिएका ब्यवशायीको लापर्वाहीले दरबार पुन निर्माणको काम समयमै नहुँदा तीनवर्ष यता रोट चढाउन, भक्तजनलाई पुजापाठ गर्न समस्या भएको छ । लकडाउनको बाहनामा निर्माण ब्यवशायीले अहिले पनि काम गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्