
तीन दिनमा मनास्लु क्षेत्रबाट ३० जना पर्यटकको उद्वार
पदमार्गमा यात्राका क्रममा ‘लकडाउन’ का कारण अलपत्र परेका पर्यटकको उद्वार गरिएको छ । उत्तरी गोरखाको मनास्लु क्षेत्र पुगेका ३० जना पर्यटकको उद्वार गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशाकिय अधिकृत हर्क रोकाले बताए ।
शुक्रवार एक जना अष्ट्रेलियन नागरिकको हेलिकप्टरबाट र ब्रिटिस, बेल्जियम र ईजरायलका दुई÷दुई जना नागरिकलाई गाडीबाट उद्वार गरी काठमाण्डौँ पठाइएको उनले बताए । ‘बुधवारदेखि शुक्रवार सम्म तीन दिनको अवधीमा ३० जना पर्यटकको मनास्लु क्षेत्रबाट उद्वार गरेका छौँ’ प्रशासकिय अधिकृत रोकाले भने ‘मनास्लु गएका पर्यटक रोकिएपछि उद्वार गरिएको हो ।’
यस अघि अर्जेन्टीना, अष्ट्रेलिया, डेनमार्क, फ्रान्स,कोरिया लगायत देशका पर्यटकको उद्वार गरिएको थियो । उनीहरु बिभिन्न समयमा मनास्लु क्षेत्रको पदयात्रा गर्न निस्किएका थिए । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार मार्च ८ देखि १५ सम्म ६८ पर्यटक मनास्लु क्षेत्र गएका छन् । ती मध्ये कति फर्किए भन्ने यकिन नभएको बताउँदै समस्यामा परेकाहरुको खोजी गरी प्रशासनको सहयोगमा उद्वारको काम भईरहेको एमक्यापले जनाएको छ । कारोना त्रासका कारण पदमार्गका होटलहरु बन्द, गाउँमा आउजाउ ठप्प भएपछि पर्यटक बिचल्लिमा परेका थिए ।
शुक्रवार सम्म दुई जनालाई हेलिकप्टर र अन्य सबैलाई धार्चेको माछाखोलाबाट गाडीमा काठमाण्डौँ लगिएको हो ।




