| मङ्लबार, भदौ १, २०८३

बेलायतमा हरेक दिन पुर्व निर्धारित गोर्खाली सँगको कार्यक्रममा, गोरखाका मेयर (तस्विर सहित)

गोरखा नगरपालिकाका नगरप्रमुख (मेयर) राजनराज पन्त हरेक दिन बेलायतमा गोर्खालीहरुले आयोजना गरेको पूर्व निर्धारित कार्यक्रममा सहभागी भएका छन् । माघ १५ गते बेलायत पुगेका उनले त्यहाँको रश्मोर बरो काउन्सील सँग गोरखा नगरपालिकाको भगिनी संम्बन्ध जोडेको छन् ।
‘रश्मोरबरो काउन्सील, बेलायत स्थित नेपाली दुताबास, गोरखा कोअपरेटीभ बेलायत लगायत संस्था सँग पूर्व निर्धारित कार्यक्रममा सहभागी भईरहेको छु’ मेयर पन्तले भने ‘पुर्व निर्धारित बाहेकका कार्यक्रममा सहभागी भएको छैन ।’ बेलायत स्थित नेपाली दुताबासलाई जानकारी नगराई, औपचारीक रुपमा निमन्त्रणा समेत नगरिएको कार्यक्रममा सहभागी नभएको उनले बताए । ‘एउटा ब्यक्तीले बेलायत आउनुभएको रहेछ, तपाईलाई सम्मान गर्छु भनेर फोनमा डाक्दैमा नगरपालिकाको प्रतिनिधत्व गरेर खादा लगाउनकै लागि दौडनु त भएनन नी’ नगरप्रमुख पन्तले भने ।
हरेक दिन गोरखा नगरपालिकाको बिकासमा बेलायतमा रहेका नेपाली र त्यहाँको संस्थाहरुले के कस्तो भुमिका खेल्न सक्छन् भन्ने विषयमा छलफल भईरहेको छ । शुक्रवार गोरखा कोअपरेटीभका अध्यक्ष रामकृष्ण श्रेष्ठ सहित पदाधिकारीको उपस्थितीमा गोरखामा कसरी बेलायतस्थित कोअपरेटिभले लगानी गर्न सक्छ भन्ने बारेमा वृहत छलफल भएको सदस्य बिनय आचार्यले जानकारी दिए । कोअपरेटीभले गोरखा युथ क्लवले माघ १० गते गोरखा देखि बारपाक सम्म आयोजना गरेको लागेको मोटरसाईकल ¥यालीलाई एक लाख नगद सहयोग गर्ने घोषणा समेत उक्त कार्यक्रममा भएको उनले बताए ।
आईतवार गोरखकाली तमु समाज युके र अन्य संघ संस्थाले पुर्व निर्धारित गरेका कार्यक्रममा सहभागी हुने मेयर पन्तले बताए । बिहिवार बेलायतको एउटा संस्थाले दुताबासलाई जानकारी नगराई, औपचारीक निमन्त्रणा समेत नगरी गरेको कार्यक्रममा सहभागी नहुँदा गलत प्रचार गर्ने उद्देश्यले मेयर पन्त कार्यक्रममा सहभागी नभएको (हराएको) भन्ने हल्ला फैलाएको उनले बताए । ‘नगरपालिका र त्यहाँको संस्थाबिच सम्ंबन्ध जोड्ने, कार्यक्रम गर्ने कुरा बेलायत स्थित नेपाली दुताबासलाई जानकारी हुनुपर्छ’ मेयर पन्तले भने ‘नेपाली दुताबासले गरेको कार्यक्रम र जानकारी भएको सबैमा सहभागी भएको छु, स्थानीय सरकारले नेपाल सरकारको आधिकारीक संस्थालाई थाहा नदिई संम्बन्ध गाँस्दै हिड्नु सोभनिय हुँदैन ।’
बेलायतमा हरेक दिन गोर्खालीसँग भएको छलफलमा गोरखाको बिकास निर्माण, पर्यटन प्रर्वद्धन, प्रचार प्रसार र भ्रमण वर्ष सन् २०२० मा बेलायतमा रहेका हरेक गोर्खालीलाई एक पटक गोरखा आउने सन्देश बाँडेको सहभागी पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले बताए ।

कार्यक्रममा सहभागी नगरपालिकाकी प्रमुख प्रशासकिय अधिकृत कृष्णकुमारी श्रेष्ठ नेपाल फर्किसकेकि छन् भने मेयर पन्त र अध्यक्ष थापा फागुन ३ गते फर्कने बेलायत जानु अघि नै तय भएको हो ।

प्रतिक्रिया दिनुहोस्