
पर्यटनका दृष्टिले नेपाल विश्वकै नम्बर वान
द पत्रिकाकी ट्राभल ब्लगर क्याटरिन पार्कर म्यागरले सन् २०२० मा विश्वभरमा घुम्न लायक १० ठाउँमध्ये नेपाललाई पहिलो नम्बरमा राख्दै यहाँको बारेमा चर्चा गर्नुभएको छ । उहाँले नेपाललाई धर्तीकै उत्कृष्ट साहसिक गन्तव्य भएको उल्लेख गर्नुभएको छ ।
नेपाल साहसिक यात्रा रुचाउनेहरु का लागि र शान्त ठाउँमा डुल्न चाहने दुवैका लागि विश्वकै उत्कृष्ट गन्तव्य भएको फोर्ब्समा उल्लेख छ । नेपालका होटल तथा रिसोर्टमा पाइने न्यानो आतिथ्य र खानाका परिकारले पनि यात्रा झनै रोमाञ्चक हुने पनि लेखमा उल्लेख छ । फाप्लुको ह्याप्पी हाउस र बर्दिया निकुञ्जको कर्णाली लज जानैपर्ने होटल रहेको पनि फोर्ब्समा लेखिएको छ । नेपालको यात्रा दक्षिणतर्फबाट सुरु गर्नुपर्ने र चितवन, बर्दिया लगायतका राष्ट्रिय निकुञ्जमा गैँडा, हात्ती, बाघ लगायतका वन्यजन्तुको अवलोकनले यात्रा रोमाञ्चक हुने पनि दावी गरिएको छ । २(४ दिन बसेमा यी ठाउँले छाड्नै मन नलाग्ने बनाउने पनि लेखमा उल्लेख छ । तराइकोे यात्रापछि पहाड र हिमालतिर लाग्दा यात्रामा स्वर्गीय आनन्द आउने पनि लेखमा छ ।
रौंदी ः विश्वविख्यात फोर्ब्स पत्रिकाले सन् २०२० मा घुम्नको लागि नेपाल उत्कृष्ट गन्तव्य बन्न सक्ने उल्लेख गरेको छ । फोर्ब्स




