| मङ्लबार, भदौ १, २०८३

पर्यटन दिवसमा गोरखा दरबारमा सरसफाई

बिश्व पर्यटन दिवसको अबसरमा गोरखा दरबार क्षेत्रमा सरसफाई गरिएको छ । गोरखा नगरपालिका र नेपाल युवा परिषदको संयुक्त आयोजनामा शुक्रबार गोरखा दरवार परिसरमा सरसफाई कार्यक्रम गरिएको हो । गोरखा नगरपालिकाकी उप प्रमुख विनाकुमारी श्रेष्ठ, वडा नं ६ का अध्यक्ष नारायण अर्याल लगायतको उपस्थितीमा सरसफाई गरिएको हो । लियो क्लब अफ गोरखा, रोटूयाक्ट क्लब अफ गोरखा लगायत विभिन्न संघसंस्थामा आबद्ध युवा, सुरक्षाकर्मीहरु सरसफाईमा सहभागी थिए । ‘टुरिज्म एण्ड जब(ए बेटर फूचर फर अल’ भन्ने नारासहित विश्वभर शुक्रबार विश्व पर्यटन दिवस मनाइएको छ । यस अवसरमा नेपालमा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय, निजी क्षेत्रका विभिन्न प्रतिनिधिमुलक संघ(संस्थाको सहभागितामा विशेष कार्यक्रम भएका छन् ।

प्रतिक्रिया दिनुहोस्