
भ्रष्टाचारमुक्त समाजका लागि साइकल यात्रा गरेका श्रेष्ठ गोरखामा
‘भ्रष्टाचारमुक्त समाज निर्माण गरौँ, धार्मिक एवं पर्यटन क्षेत्रको प्रवद्र्धन गरौँ’ भन्ने नाराका साथ साइकल यात्रा सुरु गरेका कर्णबहादुर श्रेष्ठ गोरखा आइपुगेका छन् । ‘भ्रष्टाचारमुक्त समाज निर्माण गरौँ, धार्मिक एवं पर्यटन क्षेत्रको प्रवद्र्धन गरौँ’ भन्ने नाराका साथ साइकल यात्रा सुरु गरेका उनी सोमबार गोरखा आइपुगेका हुन् ।
मंगलबार बिहान जिल्लाका पत्रकारहरुसँग कुराकानी गर्दै उनले यात्राको एक सय ४९ औं दिनमा ३६ औं जिल्लाका रुपमा गोरखा आइपुगेको बताए । २०७५ साल चैत ३ गते खोटाङबाट उनले यात्रा सुरु गरेका थिए । अबको दुई महिनामा बाँकी जिल्लाको यात्रा पूरा गर्ने लक्ष्य उनले सुनाए । यात्राका क्रममा भ्रष्टाचारमुक्त समाजका सन्दर्भमा सन्देश बाँड्दै हिडेको उनले बताए ।
अशिक्षाका कारण देशमा भ्रष्टूाचार बढ्दै गएको भन्दै उनले यात्राका क्रममा भेटिएका शैक्षिक संस्थामा यस बिषयमा अन्तरक्रिया गर्दै आएको बताए । साइकल यात्री श्रेष्ठलाई गोरखा उद्योग वाणिज्य संघले जिल्लामा स्वागत तथा सम्मान गरेको छ ।




