| शनिबार, साउन २९, २०८३

रुञ्चेतखोलामा क्यानोनिङको एक्सप्लोर, पर्यटन बोर्डसंग मिलेर काम गर्ने गाउँपालिकाको तयारी

डोरीमा तुर्लुङ्ग झुण्डिएर पानीमा रुझ्दै तल झर्ने खेल क्यनोनिङ्गको लागि उत्तरी गोर्खा रुन्चेत खोला उपयुक्त देखिएको छ ।

धार्चे गाउँपालिका २ साबिक केरौँजा गाउँ विकास समितिको वडा नम्बर ५ र ६ को रुन्चेत खोलाको मुहान देखि बुढी गण्डकीसम्म ७६ वटा झरनाहरु क्यानोनिङको लागि उपयुक्त रहेको बिज्ञहरुले बताएकाछन् । ७६ वटामध्य सबै भन्दा लामो झरना ६५ मिटर को छ । स्पेनी विज्ञहरुको टोलीले रुन्चेत खोलाको क्यानोनिङ्ग एक्सप्लोर गरेको धार्चे गाउँपालिक ाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । टोली प्रमुख फर्नान्डोका अनुसार रुन्चेत खोला मा ७ दिन सम्म क्यनोनिङ्ग गर्न सकिन्छ ।

कतै पानीमा रुझ्दै, कतै फाल हान्दै र कतै खोलामा हिड्दै ११ किलोमिटर दुरी पार गर्न सकिने उनले बताए । डोरीको सहाराले झर्नु पर्ने झरनाहरु नै ७६ वटा छन्, ‘फर्नान्डोले भने, ‘स(साना झरनाहरु त कत्ति कत्ति ।

काठमाडौँबाट २ साताको प्याकेजमा एकसाता क्यनोनिङ मात्रै गर्न सकिन्छ ।’ रुञ्चेतखोलाको ३३४९ मिटर उचाइबाट बुढीगण्डकी नदीको ८८० मिटरसम्म क्यानोनिङ गर्न सकिने टोलीमा सामेल नेपाली गाइड राजु खड्काले बताए । ‘इच्छा अनुसार सात दिनसम्म क्यानोनिङ गरे पनि भो’, उनले भने, ‘एक(दुइ दिन मात्र गर्न पनि सकिन्छ । धेरै उचाइबाट सुरु हुने भएकाले रुन्चेतखोलामा अनुभबी खेलाडीहरु मात्र क्यनोनिङ गर्न सकिन्छ किनकि त्यो बढी टेक्निकल चुनौतीपूर्ण छ ।’ मनासुलु पदमार्ग नजिक पर्ने खोलामा क्यनोनिङको लागि सम्भाव्यता देखेपछि त्यस क्षेत्रका बासिन्दा निकै उत्साही देखिन्छन् ।

रुञ्चेतखोला क्यानोनिङ ले गर्दा गोरखामा नयाँ गन्तब्य भेटिएको पर्यटन ब्यबसायी सुनारबहादुर गुरुङ बताउँछन् ।‘क्यानोनिङ गोरखामा पर्यटन बिकासको नयाँ प्रयोग हो’, उनी भन्छन्, ‘विदेशका दक्ष क्यनोनरहरु नेपाल जस्ता हिमाली भेकका झरनाहरुमा क्यनोनिङ गर्न रमाउँछन् ।’

स्पेनी टिमका नेता फर्नान्डोले भने स्वदेश फर्केपछि साथीहरुलाई क्यनोनिङको लागि पर्यटकलाई नेपाल पठाउने बताए । उनको समुहले नेपालमा लामो समयदेखि क्यानोनिङ एक्सप्लोरको काम गरेका छन् । पहिलो बर्ष अन्नपुर्ण क्षेत्रमा, दोस्रो बर्ष म्याग्दीको भालुखोलामा र गोरखाको रुन्चेतखोलामा क्यानोनिङको एक्सप्लोर गरेको उनले बताए ।

गाउँपालिकाले सो खोलामा क्यानोनिङको विकास गर्न पर्यटन बोर्डसंग सहकार्यका लागि पहल भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्