| शुक्रबार, साउन २८, २०८३

पर्यटन प्रवद्र्धन गर्न धार्चेको वृत्तचित्र तथा फोटो प्रदर्शनी काठमाडौंमा

पर्यटनमार्फत गाउँपालिकाको विकास र संवृद्धि गर्ने उद्देश्यले धार्चे गाउँपालिकाले वृत्तचित्र तयार गरेको छ । गाउँकार्यपालिका र गणेश हिमाल एशोसिएशनको पाँचलाख रुपियाँको लागतमा निर्माण गरिएको वृत्तचित्र नयाँबर्षको अवसरमा काठमाडौंको लाजिम्पादस्थित सम्पदा गार्डेनको हलमा प्रदर्शन गरिएको थियो ।
वृत्तचित्रमा स्थानीय सरकार आएपछि भएको विकास निर्माण, गाउँपालिकाभित्रको प्रकृतिक सम्पदा, जनजीवन शैली, तरकारी तथा अन्य परम्परागत खेती प्रणाली आदि विषयबस्तु स मेटिएको छ ।
सो अवसरमा धार्चेको जनजीवन, प्राकृतिक, सांस्कृतिक सम्पदा समेटिएको ६० वटा फोटो प्रदर्शन समेत गरिएको थियो । राष्ट्रिय सभाका प्रतिपक्षी दलका नेता कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले वृत्तचित्र तथा फोटो प्रदर्शनी कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा नेता पाण्डे, पूर्वमन्त्रीहरु चीनकाजी श्रेष्ठ र छमबहादुर गुरुङ, नेपाल पर्यटन बोर्डका सदस्य दीपक महत, लेजामी डि लाप्राकका क्रिश्चियों, पर्यटन पत्रकार संघका अध्यक्ष नारायण भण्डारीलगायतलले शुभकामना मन्तव्य राखेका थिए ।
गाउँ कार्यपालिकाले गतबर्ष घोषणा गरेको इपिसेन्टर ट्रेकिङ ट्रेलको प्रवद्र्धन गर्न तथा गणेश हिमाल आरोहण पदमार्गको प्रवद्र्धनका लागि वृत्तचित्र तथा फोटो प्रदर्शनी गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।
धार्चे गाउँ कार्यपालिकाले पर्यटन प्रवद्र्धन गर्न गणेशहिमाल ट्रेकिङ ट्रेल विकास कार्यक्रम अन्तर्गत ३० लाख रुपैयाँ बिनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्