| शनिबार, बैशाख २५, २०८३

गोरखा दरबार र संग्रहालय केन्द्र सरकार मातहत

सरकारले गोरखा दरबार र संग्रहालयलाई केन्द्र सरकार मातहत राख्ने निर्णय गरेको छ ।मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले दुबै संग्रहालयसहित मनकामना क्षेत्र विकास समितिलाई केन्द्र सरकार मातहत राख्ने निर्णय गरिएको जानकारी दिए । यसअघि यी निकायलाई स्थानीय तह अन्तर्गत राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्