| शनिबार, बैशाख २५, २०८३

गोरखाको पर्यटन विकासका लागि पोखरामा छलफल

गोरखाको पर्यटन विकासका लागि धार्चे मनास्लु पर्यटन विकास समितिले पोखरामा परिचयात्मक कार्यक्रम गरेको छ । पोखरामा आएका पर्यटकलाई गोरखातर्फ पनि आउने वातावरण बनाउन पर्यटन बोर्ड पोखराको सभा हलमा कार्यक्रम गरिएको हो ।
नेपाल पर्यटन बोर्ड पोखरा तथा टू्किङ एशोसिएशन अफ नेपाल(तान) पोखराको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गोरखाको ऐतिहासिक महत्वको चर्चा गरिएको थियो । साथै २०७२ सालको भूकम्पपछि जोखिम बनेको गोरखाको अवस्था अहिले सुरक्षित भइसकेकाले यसको सबैतिर जानकारी गराई गोरखामा पर्यटक पठाउने व्यवस्था गरिदिन आव्हान गरिएको थियो ।
भूकम्पअघि र भूकम्पपछिको गोरखाको अबस्थाको बारेमा धार्चे मनास्लु पर्यटन विकास समितिले तयार गरेको वृत्तचित्रको बिमोचन गरिएको थियो ।
गण्डकी प्रदेशका भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले वृत्तचित्र को बिमोचन गरेका हुन् ।
साथै समितिले तयार गरेको पर्यटन सम्बन्धी परियोजना पत्र समितिका अध्यक्ष साने गुरुङले मन्त्री थापामार्फत गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण, गण्डक प्रदेस सरकारलाई हस्तन्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै मन्त्री थापाले गण्डकी प्रदेशको आर्थिक संवृद्धिको मूल आधार नै पर्यटन भएकाले यसको विकासका लागि सरकार लागि पर्ने बताएका थिए । त्यस्तै तानका अध्यक्ष हरि भुजेलले गण्डकी प्रदेशको वैकल्पिक पर्यटकीय पदमार्ग गोरखाको धार्चे क्षेत्र र मनास्लु क्षेत्र भएकाले अन्नपूर्ण क्षेत्रमा आएका पर्यटक गोरखातर्फ पठाउन आफूहरु तयार रहेको बताएका थिए ।
पर्यटन बोर्ड पोखराका कार्यक्रम प्रबन्धक सूर्य थपलियाले गोरखा र पोखराको सम्पर्क, सम्बन्ध बढाई समन्वय गर्नुपर्नेमा जोड दिएका थिए । नुब्री सांस्कृतिक युवा उत्थान समितिका अध्यक्ष लाक्पा डुण्डुप लामाले मनास्लु क्षेत्रमा होटल ब्यबसायमा धेरै लगानी भएकाले पर्यटन विकासमा जोड दिनुपर्नेमा ध्यानाकर्षण गराएका थिए ।

तस्वीर : सन्तोष अधिकार/पोखरा

प्रतिक्रिया दिनुहोस्