| शनिबार, बैशाख २५, २०८३

रुकाङडाँडा हाइअल्टिच्यूड प्याराग्लाइडिङ टेकअफका लागि ‘नेपालकै बेष्ट’

अनुपमा खनाल :

गोरखाको धार्चे गाउँपालिका ५ को रुकाङडाडाँ हाई अल्टिच्युड प्याराग्लाईडिङको टेकअपका लागि नेपालकै राम्रो ठाउँ रहेको पाईएको छ । धार्चे गाउँपालिकाले प्याराग्लाईडिङ उडानका लागि गरेको सम्भाब्यता अध्ययनका क्रममा ३२३० मिटरको उचाईमा रहेको रुकाङडाडाँ हाई अल्टिच्युड प्याराग्लाईडिङको उडानका लागि राम्रो पाईएको प्याराग्लाईडिङ पाईलट मनबहादुर गुरुङले जानकारी दिए । ‘रुकाङडाँडा हाई अल्टिच्युडमा टेकअपका लागि नेपालकै बेस्ट ठाउँ हो’ उनले भने ‘यहाँबाट उड्दा चारैतिर हिमाल देखिन्छ । डाँडाकाडाँ, वनजंगल, हिउँदमा सबैतिर हिँउ देखिन्छ । भ्यु एकदमै राम्रो देखिन्छ ।’ रुकाङडाँडाबाट प्याराग्लाईडिङमा उडेर मोम्चे, भच्चेक हुँदै छेपेटार तथा आरुघाट पनि ल्याण्ड गर्न सकिने उनले बताए ।

‘रुकाङडाँडा हाई अल्टिच्युडमा टेकअपका लागि नेपालकै बेस्ट ठाउँ हो’ उनले भने ‘यहाँबाट उड्दा चारैतिर हिमाल देखिन्छ । डाँडाकाडाँ, वनजंगल, हिउँदमा सबैतिर हिँउ देखिन्छ । भ्यु एकदमै राम्रो देखिन्छ ।’

 


ब्यबसायिक उडानका लागि रुकाङडाँडाबाट लाप्राकको रेसेखोला उपयुक्त हुने उनको भनाई छ । गुरुङ नेतृत्वको पाचँ जनाको समुहले लाप्राकको भुमेडाँडा, गुम्दा, सिङला, माछाखोला, काशिगाउँ र केरौजामा पनि प्याराग्लाईडिङको ब्यबसायिक उडानका विषयमा सम्भाब्यता अध्ययन गरेको हो । २६०० मिटर उचाईको लाप्राकको भुमेडाँडाबाट उडेर १४५० मिटर उचाईको रेसेखोलामा अवतरण गर्न सकिने पाईलट गुरुङले जानकारी दिए ।‘सुरक्षाका हिसाबले यहाँको उडान मध्यम किसीमको छ’ उनले भने ‘रेसेखोलामा अवतरणका लागि खोलाको हावा सबैतिर बाडिएको छ । यसले उडान सहज हुन्छ।’ २३०० मिटरको उचाईमा रहेको सिङला गाउँबाट उडेर पुनः गाउँमै पनि अवतरण गर्न सकिने पाईलट सुरज गुरुङले बताए । ‘यहाँ हावा र घामको सन्तुलन मिन्दो रहेछ’ उनले भने ‘धेरै समय गाउँमाथि उडेर गाउँ घुम्न सकिन्छ ।’ सम्भाब्यता अध्ययनमा ८ दिन विताएको समुहले प्याराग्लाईडिङ उडानका लागि धार्चेका सबै ठाउँ उपयुक्त भएपनि अवतरणका लागि पुर्वाधार विकास गर्नुपर्ने निष्कर्ष निकालेको छ । रेसेखोलामा प्याराग्लाईडिङ अवतरणका लागि जमिनको सतह मिलाउनुपर्ने पाईलट गुरुङले जानकारी दिए । ‘अहिले पनि ठाउँ त राम्रो छ’ उनले भने‘ ब्यबसायिक उडानका लागि त ठाउँ राम्रो बनाउनु जरुरी छ । रेसेखोलामा दुई सय मिटर लम्बाई र सय मिटर चौडाईको समथर मैदान बनाउन आबश्यक छ ।’ धार्चे क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि निति बनाएर नै सम्भाब्यता अध्ययन गरेको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्