
संग्रहालय आएका पर्यटकलाई पश्चिमकाली पुर्याउन माग
गोरखा दरबार र संग्रहालय आएका पर्यटकलाई गोरखा नगरपालिका वडा नं ५ को पश्चिमकाली मन्दिरसम्म पु¥याउने वातावरण बनाउन स्थानीय बासिन्दाले माग गरेका छन् ।
पश्चिमकाली तथा खड्ग देवी मन्दिर ब्यबस्थापन समितिले शनिवार आयोजना गरेको छलफल कार्यक्रममा उनीहरुले सदरमुकामका पर्यटकिय क्षेत्र समेट्ने गरि रुट निर्माण गर्न गोरखा नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । पुरानो बसपार्कबाट नयाँ बसपार्क, पश्चिमकाली हुँदै नामरुङ थान, कोटदेवी मन्दिर, चिल्डूेन पार्क, गोरखा दरबार, उपल्लोकोट भएर रानिवनबाट संग्रहालय समेट्ने गरी पदमार्ग निर्माण गर्न प्रस्ताव गरेको समितिका सल्लाह कार सारदाप्रसाद भट्टराईले बताए । सोही भेलामा हरेक बर्ष नयाँ बर्षका अबसरमा हुँदै आएको पश्चिमकाली महोत्सवलाई वृहत बनाउने विषयमा पनि छलफल भएको छ । कार्यक्रममा सहभागीले तिनदेखी पाचँदिनसम्म महोत्सव गर्न सुझाव दिएका छन् । कृषि प्रदर्शनी, खाना महोत्सव, खेलकुद कार्यक्रम, स्थानिय तथा राष्टिूय कलाकारको उपस्थितीमा महोत्सव गर्न उनिहरुले सुझाएका हुन् । समितिका अध्यक्ष टेकबहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, उप मेयर विनाकुमारी श्रेष्ठ, डिभीजन वन कार्यालयका प्रमुख इमनाथ पौडेल, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष कमल लामिछाने लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




