
सिरानचोक गापा स्तरीय खेलकुद प्रतियोगिता : धर्मावती उत्कृष्ठ
सिरानचोक गाउँपालिका स्तरीय विद्यालय खेलकुद प्रतियोगिताको रनिङ शिल्ड धर्मावती माध्यामिक विद्यालयले जितेको छ । प्रतियोगितामा भएका विभिन्न २३ विधामा पाचँ स्वर्ण पदकका साथ धर्मावतीले रनिङ शिल्ड जितेको हो । शिल्ड सँगै धर्मावतीले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउने गाउँपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र पोख्रेलले जानकारी दिए । गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्तरगत सिरानचोक गाउँपालिका ६ गाँखुको संसारी महेन्द्र मावि परिसरमा भएको प्रतियोगितामा महेन्द्र लिला माध्यामिक विद्यालय हर्मी चार स्वर्ण पदक सहित दोस्रो र आहाल भन्ज्याङ माध्यामिक विद्यालय हर्मी तिन स्वर्ण पदक सहित तेस्रो भएका छन् । खेलकुद कार्यक्रम अन्तरगत नै आधारभुत तहस्तरिय प्रतियोगितामा धर्मावती र माविस्तरीय प्रतियोगितामा मण्डली मावि छोप्राक पहिलो हुँदै दश÷दश हजार रुपैयाँ पुरस्कार पाएका छन् । शुक्रबार र शनिवार भएको प्रतियोगितामा २२ विद्यालयका तिनसय खेलाडी सहभागी भएका थिए । विद्यालय र विद्यार्थीबिच भावना त्मक सम्बन्ध विस्तार गरि सिकाई उपलब्धी बढाउने उदेश्यले खेल कुद कार्यक्रम गरिएको गाउँ पालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए । ‘विद्यालय स्तरमा खेल र खेलाडीको विकास गर्ने हाम्रो योजना छ’ उनले भने ‘खेलकुद मार्फत छात्रछात्राका अतिरीक्त क्रिया कलाप उजागर गर्ने र उनिहरुको क्षमता विकास गर्ने गरि विभिन्न कार्यक्रम तय गर्नेछौ । अर्को बर्ष अझै ब्यबस्थित रुपमा कार्यक्रम गर्नेछौ ।’
यसअघि गाउँपालिका भित्रका विद्यालयको खेल शिक्षकलाई ३ दिने तालिम पनि गरिएको उनले बताए । प्रतियोगिता सम्पन्न गर्न करीब दश लाख रुपैयाँ खर्च लागेको गाउँपालिकाले जनाएको छ । खेलकुद कार्यक्रम समापनका अबसरमा राष्टिूय गानका रचयिता ब्याकुल माईलाले विजेता विद्यार्थीलाई पुरस्कार तथा तथा सहयोगी संघसस्थांलाई मायाको चिनो प्रदान गरेका गाउँपालिका को शिक्षा शाखा प्रमुख पोखरेलले जानकारी दिए ।




