| मङ्लबार, भदौ ८, २०८३

सूर्योदय कपको उपाधि खोप्लाङ एफसीलाई

प्रथम सूर्योदय कपको उपाधि खोप्लाङ एफसीले उचालेको छ । सूर्योदय युवा परिवारको आयोजनामा ‘खेलकुद हाम्रो पहिचान, एकता हाम्रो अभियान’ भन्ने नारासहित मंगलबार गोरखा नगरपालिका १० छेपेटारस्थित खेलकुद मैदानमा सम्पन्न फाइनल खेलमा बजार टोललाई २–० गोलले पराजित गर्दै खोप्लाङ एफसी बिजेता बनेको हो ।

बिजेता टिमले नगद ५० हजरसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपबिजेता टिमले २५ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको वडाध्यक्ष प्रदिप कुवाँरले बताए । प्रतियोगिताको उत्कृष्ट खेलाडी सूर्योदय युवा परिवारका रोशन गैरे बनेका छन् । उनले १५ सय नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

सूर्योदय युवा परिवारका पदम नेपाली सर्वाधिक गोलकर्ता र अजित श्रेष्ठ उत्कृष्ट गोलकिपर र अभिनाष थापा मगर उदयमान खेलाडी बनेका छन् । यस्तै खोप्लाङ एफसीका मनोज गुरुङ उत्कृष्ट डिफेंन्डर बनेका छन् । उनीहरुले जनही एक हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

भदौ ५ गतेबाट सुरु भएको प्रतियोगितामा ३४ टिमको सहभागिता रहेको थियो । बिजेता टिमसहित खेलाडीहरुलाई एक कार्यक्रमकाबीच पुरस्कार वितरण गरिएको वडाध्यक्ष कुवाँरले जानकारी दिए ।

सूर्योदय युवा परिवारका अध्यक्ष साजन श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिकाक मेयर कृष्ण राना मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपमेयर मसली माया थोकर, प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, गोरखाका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठ, पत्रकार महासंघ गोरखाका उपाध्यक्ष विकास मरहट्टालगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्