| मङ्लबार, बैशाख २८, २०८३

अजिरकोटमा वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न

जिल्लाको अजिरकोट गाउँपालिकामा वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा गत आइतबारबाट सुरु भएको प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १५ टिमले सहभागिता जनाएका थिए ।

सोमबार भएको फाइनल खेलमा महिलातर्फ अजिरकोट गाउँपालिका वडा नं १ घ्याच्चोकको महिला समूह प्रथम भएका छन् । उनीहरुले नगद पुरस्कार रु १५ हजारको साथमा टूफी र मेडल प्राप्त गरेको भलिबल प्रशिक्षक राजु गुरुङले बताए । गुरुङका अनुसार महिला भलिबलमा अजिरकोट २ को जलकन्या देवी युवा क्लव दोस्रो भएको छ भने अजिरकोट पालिकाको वडा नं ४ को जुनियर युवा क्लव तेस्रो बनेको छ । उनीहरुले क्रमश रु १० हजार र ५ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको राजु गुरुङले जानकारी दिए ।

पुरुषतर्फको भलिबल प्रतियोगिता मा भने गोरखा र लमजुङका टिमहरुले सहभागिता जनाएक थिए । अजिरकोट गाउँपालिका ३ भच्चेकमा सम्पन्न उक्त प्रतियोगिताको पुरुषतर्फको उपाधि बारपाक सुलिकोट ४ को दियालो युवा क्लवले हात पारेको छ ।

यस्तै, बारपाक सुलिकोटकै वडा नं ३ को युनिक युवा क्लव प्रतियोगितामा तेस्रो बनेको छ भने अजिरकोट ४ बालुवाको अन्नपूर्ण युवा क्लव तेस्रो बनेको छ । प्रथम, दोस्रो र तेस्रो हुनेहरुले क्रमश रु ४५ हजार, ३० हजार र २० हजार नगद पुरस्कारको साथमा टूफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गाउँपालिकाको शिक्षा शाखा प्रमुख सिताराम पन्तको अध्यक्षता एवं गाउँपालिकाकी उपाध्यक्ष अनिता भुजेलको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्