| मङ्लबार, बैशाख ७, २०८३

आरुघाटमा भएको ‘सेभन ए साइड’ फुटवलको उपाधी वालुवाटार एफसीलाई

आरुघाटमा भएको सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधी वालुवाटार एफसीले हात पारेको छ । सोमवार भएको फाइनल खेलमा आयोजक न्यू जेनेरेशन आरुघाट युवा क्लबलाई १–० को गोल अन्तरले हराउँदै वालुवाटार उपाधी विजेता बनेको हो । वालुवाटार क्लबको तर्फबाट जर्सी नम्वर ६ का खेलाडी सुदिप क्षेत्रीले गोल गरेका थिए ।

उपाधी बिजेता क्लबले नगद ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलमा पराजित भएर उपबिजेता बनेको आयोजक क्लबले २५ हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको क्लबका सल्लाहकार राजु थापाले बताए ।

क्लबका अध्यक्ष अशोक बिकको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राजु गुरुङको प्रमुख अतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम भएको थियो । प्रतियोगितामा लिभिङ स्टोन कलेजले ट्रफीको प्रायोजन गरेको थियो । कार्यक्रममा उक्त कलेजकी कोअडीनेटर समिता श्रेष्ठको समेत उपस्थिती रहेको थियो । यही बैशाख ४ गतेबाट सुरु भएको प्रतियोगितामा १९ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्