
दोस्रो गोरखा जेसीज फुटसल प्रतियोगिता हुने
दोस्रो गोरखा जेसीज फुटसल प्रतियोगिता यही चैत्र २० गतेबाट हुने भएको छ । गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा हुने प्रतियोगितामा देशभरका बिभिन्न जेसीज शाखाहरुको सहभागीता रहने बताइएको छ ।
युवाहरुको नेतृत्व बिकाससँगै खेल मार्फत पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ प्रतियोगिता गर्न लागिएको जेसीज गोरखाका अध्यक्ष सुजित श्रेष्ठले बताए ।
दुई दिनसम्म संचालन हुने प्रतियोगितामा पहिले हुने टिमले ५५ हजार र दोस्रो हुनेले ३५ हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए ।
उत्कृष्ट खेलाडी र गोलरक्षक, सर्वाधिक गोलकर्ता लगायतका विधामा पनि पुरस्कार रहेको उनको भनाइ छ । ‘फेयर प्ले अवार्ड र बेष्ट सर्पाेटर टिम अवार्डको पनि व्यवस्था छ,’ उनले भने ।
प्रतियोगिताले स्थानीय व्यवसायको प्रवद्र्धनसँगै युवाहरुबीचको सम्बन्ध थप सुदृढ हुने अपेक्षा समेत गरिएको छ ।




