| शुक्रबार, अशोज ८, २०८३

दशौँ गोर्खाली रनिङ कप–२०८२ को उपाधि रेड युनाइटेड क्लवलाई

दशौँ गोर्खाली रनिङ कप–२०८२ को उपाधि रेड युनाइटेड क्लव काठमाडौँले जितेको छ । शनिबार भएको फाइनल खेलमा चाइनिजधारा फेमेलीलाई २–० को गोल अन्तरले हराउँदै रेड युनाइटेड क्लव उपाधि विजेता बनेको हो ।

विजेता रेड युनाइटेड क्लवले रनिङ कपको साथमा चार लाख रुपैँया नगद पुरस्कार प्राप्त गरेको आयोजक हरमटारी क्लवले जनाएको छ । उपबिजेता चाइनिजधारा फेमेलीले दुई लाख नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको हरमटारी क्लवका उपाध्यक्ष शिलन थापा मगरले बताए ।

हरमटारी क्लवको आयोजनामा यही फागुन ३ गतेबाट प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा चाइनिजधारा फेमेलीको अमृत क्याप्छाकी मगर सर्वोकृष्ट खेलाडी बनेका छन् । मगरले २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, रेड युनाइटेड क्लवका चन्द्रशेखर श्रेष्ठ सर्वोत्कृष्ट गोलरक्षक र हरमटारी क्लवका आकाश गुरुङ उदीयमान खेलाडी घोषित भएका छन् । उनीहरुले नगद रु १५–१५ हजार प्राप्त गरेको आयोजकको भनाइ छ ।

जिल्ला सदरमुकामस्थित हरमटारी खेलमैदानमा संचालन भएको प्रतियोगितामा १० टिमले सहभागिता जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्