| आइतवार, कार्तिक २२, २०८३

आइतबार लिगलिगे दौड

नवौें लिगलिगे दौड प्रतियोगिता आगामी असोज २८ गते हुने भएको छ । आयोजक लिगलिग कोट विकास अभियानले मंगलबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै इतिहासको संरक्षण तथा पर्यटन प्रबद्र्धनका लागी प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो ।
पालुङटार नगरपालीकाको चेपेघाटदेखी लिगलिगकोटसम्म १३.८ किलोमिटर दुरीको दौड प्रतियोगिताको सस्ंकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले उद्घाटन गर्ने भएका छन् ।
प्रतियोगितामा खुला, महिला, विद्यालयका छात्रछात्रा र स्थानीय गरी ४ विधामा सहभागी धावकले प्रतिस्पर्धा गर्नेछन् ।
खुल्लातर्फ र स्थानीयले १३.८ किलोमिटरको दूरी पूरा गर्नुपर्नेछ भने महिला सहभागीले ५ किलोमिटर र विद्यालयका छात्रछात्राले ३ किलोमिटर दौडनुपर्नेछ ।
प्रतियोगितामा सहभागी धावकका लागि यो संस्करणमा पुरस्कार राशि पनि बढाईएको छ । प्रतियोगिताको खुलातर्फको विजेताले ६० हजार एक सय रुपैयाँ नगदसहित श्रीपेच, पगरी, टूफी, लिगलिगकोटको राजदूतको ब्याच, एक रात लिगलिगमा लिगलिगे राजाका रूपमा राखिने र उनलार्ई मोटरमा राखेर नगर परिक्रमा गरिने अभियानका अध्यक्ष पुर्णबहादुर रानाले बताए ।
त्यस्तै, दोस्रोले ३५ हजार एक सय, तेस्रोले २५ हजार १ सय, चौथोले १२ हजार १ सय र पाँचांैले ७ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् ।
छैटौं, सातौं, आठौं र नवौं हुनेले क्रमशः ५ हजार १ सय, चार हजार १ सय, ३ हजार १ सय र २ हजार १ सय रुपैया पुरस्कार पाउनेछन् । महिलातर्फ र स्थानीय लिगलिगबासी अन्तरगत पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार पाँच, १२ हजार पाँच, सात हजार पाच रुपैया पुरस्कार पाउनेछन् ।
त्यस्तै, विद्यालयका छात्रछात्रातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः पाच हजार एक सय, तिन हजार एक सय र दुई हजार १ सय रुपैया पाउनेछन् ।
दौडमा सहभागी हुने धावकको ७ लाख रुपैया बराबरको बिमा गरिने अभियानका महासचिव सन्तोष देवकोटाले जानकारी दिए ।
कार्यक्रम सम्पन्न गर्न २८ लाख ५५ हजार रुपैया खर्च लाग्ने आयोजकको अनुमान छ ।
प्रतियोगीताका लागी पालुङटार नगरपालिकाले नौ लाख र राष्टिूय खेलकुद परिषदले पाँच लाख रुपैया उपलब्ध गराएका अभियानले जनाएको छ ।
स्थानियले ३ लाख २० हजार रुपैया बराबरको श्रमदान गर्ने र बाँकी रकम चन्दा संकलन गरेर जुटाउने अभियानका अध्यक्ष रानाले जानकारी दिए ।
प्रतियोगीतामा सहभागीताका लागी हालसम्म सयजनाले नाम दर्ता गराएका छन् ।
लगातार पाचँ बर्षमा ३ पटक विजेता धावकले श्रीपेच जित्ने भएपनि आठौ प्रतियोगीतासम्म कसैले पनि श्रीपेच लैजान सकेका छैनन् ।
विगत बर्षमा विजेताहरु यो साल पनि सहभागीताका लागी नाम दर्ता गराएका अभियानका अध्यक्ष
रानाले जानकारी दिए । प्रतियोगितालाई सफल बनाउन सहयोग गर्न उनले सबैलाई अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्