| सोमवार, अशोज ११, २०८३

कांग्रेस गोरखाको क्षेत्रीय अधिवेशन– क्षेत्र नं. २ को सभापतिमा सुवास अधिकारी

नेपाली कांग्रेस गोरखाको क्षेत्रीय अधिवेशनले क्षेत्र नं. २ का सभापतिमा सुवास अधिकारीको नाम टुंगो लगाएको छ । आइतबार दिनभर गरिएको समझदारीको प्रयासबाट अधिकारीको नाममा समझदारी बनेको कांग्रेस, जिल्ला स्रोतले जनाएको छ ।
यसअघिका क्षेत्रीय सभापति पदका आकांक्षी चन्दनबाबु खत्रीको नाम महाधिवेशन प्रतिनिधिमा समाविष्ट गरिएको छ । अर्का आकांक्षी तयराज गुरुङ र राजु थापाको नाम पनि फिर्ता गराइएको छ ।

प्रदेश क को सभापतिमा अमर धिताल र प्रदेश ख को सभापतिमा मानप्रसाद धिताल पनि सर्वसम्मत चयन भइसकेका छन् ।
आइतबार बेलुकी अबेरसम्म क्षेत्र नं. २ बाट जम्मा १२ जना महाधिवेशन प्रतिनिधिको नाम टुंगो लगाएको छ । मुस्लिम क्लस्टरबाट अव्दुल सतार, खसआर्य महिला क्लस्टरबाट कमला पन्तको नाम टुंगो लगाइएको हो ।

त्यस्तै खुल्लातर्फ गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका सुरेन्द्रराज पाण्डे, यसअघिका गण्डकी प्रदेश सांसदसमेत रहेका प्रकाशचन्द्र दवाडी, यसअघिका पालुङटार नगरपालिकाका मेयरसमेत रहेका दीपकबाबु कँडेल, बलराम खड्का, मोहन पोखरेल, भागवत रेग्मी महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै चन्दन खत्री, इमानसिँह बस्नेत, सलाउद्दिन मियाँ र राजु थापा पनि खुल्लातर्फबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । क्षेत्र नं. १ को भने शुक्रबार नै सबै पदको टुंगो लागिसकेको छ । ३३ जना महाधिवेशन प्रतिनिधिहरुको नामको टुंगो लागेको हो ।

सबैको नाम भने सोमबार औपचारिक रुपमा घोषणा गर्ने पार्टीको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्