
गोरक्षनाथ वैदिक गुरुकुलमा अक्षयकोष स्थापना
गोरखा नगरपालिका –७ स्थित गोरक्षनाथ वैदिक गुरुकुल आधारभूत विद्यालयमा एक लाखको अक्षयकोष स्थापना गरिएको छ । धारापानी निवासी रामचन्द्र आचार्यकी बुहारी स्व. मेनुका आचार्यको स्मृतिमा अक्षयकोष स्थापना गरिएको हो ।
आचार्य बुहारी समूहकी सविना आचार्य र घरको प्रतिनिधि विनय आचार्य सहितको सहमतिमा गुरुकुल आधारभूत विद्यालयमा ‘स्व. मेनुका स्मृति छात्रवृत्ति अक्षयकोष’ स्थापना गरिएको हो। कोषको संरक्षकको रुपमा दाता स्वयं रामचन्द्र आचार्य रहने र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबाबु अर्याल र प्रधानाध्यापक ईश्वरी प्रसाद उपाध्यायको रोहबरमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ।
सम्झौता अनुसार कोषको रकम रु एक लाखको व्याजबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गरिने बताएको छ। कोषको रकम छुट्टै मुद्दती खातामा रहनेछ र मूल रकम खर्च गर्न नपाइने सम्झौता पत्रमा उल्लेख गरिएको छ। कार्यक्रमकै बीच गड हेड्स नेपालले विद्यालयमा अध्यायनरत विद्यार्थीका लागि २० थान टिर्सट र ट्राउजर समेत हस्तान्तरण गरिएको छ ।




