
लोकतान्त्रिक खेलकुद संघ गोरखाको नयाँ कार्यसमिति गठन
नेपाल लोकतान्त्रिक खेलकुद संघ गोरखाको नयाँ कार्यसमिति गठन भएको छ । शिबराम श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।
जसको उपाध्यक्षमा खुसी तामाङ, सचिव रेनकुमार थापा मगर, सह–सचिव मनिष पन्त, कोषध्यक्ष सरोजमा श्रेष्ठ चयन भएका छन् । यस्तै सदस्यहरुमा सन्तोष गुरुङ, घनश्याम थापा मगर, सुप्रिज बस्न्यात र मान बहादुर गुरुङ चयन भएका छन् ।
संघका अध्यक्ष शिबराम श्रेष्ठको अध्यक्षता तथा नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री एवम् राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठ, जिल्ला सभापति नन्द प्रसाद न्यौपाने, उपसभापति धिरन थापा, सचिव किशोरजंग थापा, सह–सचिव लुमनाथ लामिछाने, क्षेत्र नं. १ का सभापति नारायण लामिछने, क्षेत्र नं. २ का सभापति गोबिन्द गुरुङलगायतको उपस्थिती रहेको थियो ।




