| मङ्लबार, अशोज १२, २०८३

कराँते महासंघ गोरखाको अध्यक्षमा लामा

नेपाल कराँते महासंघ गोरखाको अध्यक्षमा ग्याम्जो लामा चयन भएका छन् ।
महासंघको वुधवार सम्पन्न प्रथम अधिवेशनले लामाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा अमृत श्रेष्ठ, उपाध्यक्षमा प्रेमबाबु श्रेष्ठ, सचिवमा ज्योति कोइराला, सहसचिवमा अनिता घले र कोषाध्यक्षमा नन्दबहादुर राना मगर चयन भएका छन् । सदस्यहरुमा दिनेश थापा, सन्तोष गुरुङ, सचिन गुरुङ, सोमबहादुर थापा, बविन गुरुङ, अनिता नेपाली, बसन्त परियार र स्मृती गुरुङ रहेका छन् । महासंघ गण्डकी प्रदेशका अध्यक्ष मनिराज थापा मगरको उपस्थितीमा अधिवेशन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्