| सोमवार, साउन २४, २०८३

गोरखाका अर्पणलाई श्रीलंकामा स्वर्ण पदक

गोरखाका अर्पण थापा मगरले हालै श्रीलंकाको कोलम्बोस्थित सुगथदासा इनडोर स्टेडियममा सम्पन्न नवौँ साउथ एसियाली कराँते प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । शनिवार र आइतवार सम्पन्न भएको प्रतियोगितामा उनी जुनियर यु–२१ तथा सिनियर दक्षिण एशियाली कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका थिए ।

अर्पणले जुनियर पुरुष व्यक्तिगत कुमुते +७६ केजी तौल समूहमा स्वर्ण पदक जित्दै ऐतिहासिक सफलता हात पारेका हो ।
गोरखा जिल्लाको शहीद लखन गाउँपालिका–७ निवासी अर्पणले यस पदकसँगै अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उच्च पार्न सफल भएका छन्।

प्रतियोगिता साउथ एसियन कराते फेडेरेसनको आयोजनामा र श्रीलंका करातेडो फेडेरेसनको व्यवस्थापनमा सम्पन्न भएको थियो।अर्पणको साथमा नेपाली टोलीलाई टिम म्यानेजर प्रेमलाल बम्जनले नेतृत्व गरेका थिए।

प्रतिक्रिया दिनुहोस्