
गोरखाकी स्मृति गुरुङ श्रीलंकामा हुने नवौ साउथ एसियाली कराँते प्रतियोगितामा सहभागी हुदैँ
जिल्ला खेलकुद र कराँते महासंघद्धारा बिदाई
श्रीलंकामा हुन लागेको नवौँ साउथ एसियाली कराँते प्रतियोगितामा गोरखाकी स्मृति गुरुङ सहभागी हुने भएकी छन् । प्रतियोगितामा उनले २१ बर्ष मुनिको ६८ केजी तौल समूहमा कुमुते फाइट तर्फ प्रतिस्पर्धा गर्नेछिन् ।
गोरखाको शहिद लखन गाउँपालिका–६ की उनलाई शुक्रवार एक कार्यक्रमकाबीच बिदाई गरिएको छ । जिल्ला खेलकुद बिकास समिति र कराँते महासंघ गोरखाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी उनलाई बिदाई गरेको हो ।
गोरखामै प्रशिक्षण लिएकी उनले यसअघि जिल्ला र प्रदेशसँगै राष्ट्रिय स्तरका प्रतियोगितामा पनि सहभागीता जनाइसकेकी छन् । यही असार १८ देखि २३ गतेसम्म प्रतियोगितामा संचालन हुने छ ।
प्रतियोगितामा सहभागी हुन जाने आउने लगायतका खर्चका लागि कराँते महासंघ गोरखाले उनलाई एक लाख १५ हजार नगद सहयोग गरेको छ । अभियान संचालन गरेर बिभिन्न संस्था र व्यक्तिबाट उक्त रकम संकलन गरिएको कराँते महासंघ गोरखाका उपाध्यक्ष अमृत श्रेष्ठले बताए । ‘आज उनलाई प्रतियोगितामा जानका लागि बिदाई पनि गरियो,’ उनले भने, ‘त्यही क्रममा अभियान अन्तरगत हामीले संकलन गरेको एक लाख १५ हजार नगद पनि उनलाई हस्तान्तरण ग¥यौ ।’
जिल्ला खेलकुद बिकास समिति गोरखाका अध्यक्ष प्रेम तामाङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी भरतबहादुर बिक, वडा नम्वर ५ का अध्यक्ष एवं महासंघका सल्लाहकार बिष्णु राना, गोरखा नगरपालिका वडा नम्वर ६ का अध्यक्ष राजेन्द्रकुमार जोशी, कराँतेका प्रशिक्षक ग्याम्जो लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सहयोग गर्नेहरुको नामावली
गोरखा नगरपालिका : ३०,०००
व्याडमिन्टन टिम : १८,०००
ग्याम्जो लामा : १०,०००
जिल्ला खेलकुद बिकास समिति : ५,०००
नन्दबहादुर राना : ५,०००
शान्ता प्रधान : ५,०००
दिलिप थापा : ५,०००
सन्तोष गुरुङ : ५,०००
मनिराम थापा : ५,०००
बिष्णु राना : ५,०००
हिमालय देवी क्लब : ५,०००
सरोज थापा : ३,०००
राजकुमार थापा मगर : ३,०००
दिनेश थापा : २,५००
शुशिल गुरुङ : २,०००
राजेन्द्र पुडासैनी : २,०००
किरण ढकाल : २,०००
रामबहादुर थापा : २,०००
लोकबहादुर गुरुङ : १,०००




