| मङ्लबार, अशोज १२, २०८३

मनास्लुको फेदीमा हाइअल्टिच्यूड फुटबल प्रतियोगिता सुरु

मनासलु हिमालको फेदी स्यालामा हाइअल्टिच्यूड फुटबल प्रतियोगिता सुरु भएको छ । समुद्री सतहदेखि ३५०० मिटर उचाइको खेलमैदानमा सुरु भएको सातौँ मनासलु कप फुटबल प्रतियोगिताको दोस्रो दिन शनिबार पाँच खेलहरु सम्पन्न भएका छन् ।
पहिलो खेल मनासलु सामा एफसी र ल्हीस्यो एफसी बीच भएको थियो । यस्तै, दोस्रो खेल स्याला ‘ए’ र सेराङ एफसी बीच भएको थियो । त्यसैगरी तेस्रो खेल साम्दो एफसी र ल्हो एफसी बीच भएको आयोजकको भनाइ छ ।

चौँथो खेल स्याला गल्सर्् ‘ए’ र स्याला गल्सर्् ‘बि’ बीच भएको छ । यस्तै, शनिबारको अन्तिम खेल रिपुम एफसी र स्याला ‘बि’ बीच भएको बताइएको छ । प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ३ टिमले सहभागिता जनाएका छन् । उद्घाटनको दिन शुक्रबा चार खेलहरु सम्पन्न भएका थिए । हाई अल्टिच्युड फुटबल प्रतियोगिताका रुपमा चर्चित ‘नुब्री मनास्लु कप’को पहिलो दिनको पहिलो खेल प्रोक एफसी र सामा युवा क्लवबीच भएको थियो । उक्त खेलमा १–२ को गोल अन्तरले सामा युवा क्लव विजयी बनेको थियो ।

दोस्रो खेल महिलातर्फको स्याला गल्र्स् ‘बी’ र सामा गल्सर्् बीच भएको थियो । सो खेलमा १–० को गोल अन्तरले सामा गल्र्स् विजयी बनेको थियो । ल्हो एफसी र स्याला ‘बि’ बीच भएको तेस्रो खेलमा २–० को अन्तरले स्याला ‘बि’ विजयी बनेको छ भने रिबुम एफसी र साम्दो एफसीबीच भएको चौँथो खेलमा ४–० को फराकिलो गोल अन्तरले साम्दो एफसी विजयी बनेको प्राियोगिताको आयोजक प्रोक फुटबल क्लवले जनाएको छ ।

प्रतियोगितामा बिजेता हुने टिमले नगद रु एक लाख ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको उपविजेता टिमले रु ६५ हजार र प्रतियोगितामा तेस्रो हुनेले नगद रु ३५ हजार पुरस्कार प्राप्त गर्ने बताइएको छ । यस्तै, अनुशासित टिमले ७ हजार नगद पुरस्कार पाउने बताइएको छ । महिलातर्फको प्रतियोगितामा बिजेता हुनेले पनि नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकको भनाइ छ ।

उत्तरी गोरखा हिमाली भेगका युवाहरु बीच मेलमिलापको भावना विकास गर्न र स्थानीयहरु बीच एकआपसमा मेलमिलापको भावना जोगाउन लामा गुरु सोनाम दोर्जे रिम्पोछेले पहिलो पटक २०७३ सालबाट नुब्री मनास्लु कप फुटबल प्रतियोगिता नाम दिएर हाइअल्टिच्यूड फुटबल खेलको आयोजना गरी सुरु गरेका थिए । सोही समयबाट निरन्तर प्रतियोगिता आयोजना हुँदै आएको छ । प्रत्येक वडाले आलोपालो आयोजना गर्ने नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको सातौं श्रृङ्खला यो वर्ष प्रोक फुटबल क्लवले आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्