
१० औं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिता हुने
गोरखामा १० औं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । द ओसन क्लबको आयोजनामा गोरखा मेयर युवा फुटबल विकास परियोजना अन्तरगत फुटबल प्रतियोगिता हुन लागेको हो ।
‘गोरखाको गौरव गोरखाको शान युवा फुटबल विकास हाम्रो अभियान’ नारासहित गोरखा भम्रण वर्षको अवसरमा चैत २८ देखि २०८२ वैशाख १ गतेसम्म खेल सञ्चालन हुने मंगलबार पत्रकार सम्मेलनमार्फत क्लबका अध्यक्ष अमित खत्रीले बताए । खेलको टाईसिट सार्वजनिक गर्दै प्रतियोगितामा १२ टिमको सहभागिता रहने उनले बताए ।
ग्रुप एतर्फ नारायणगढ फुटबल क्लब चितवन, हिल्ली फिल्डर्स गोरखा एफ सी, समाज कल्याण खेलकुद केन्द्र क्लब काठमाडौं र घोडाघोडी फुटबल क्लब कैलाली रहेका छन् । ग्रुप बीतर्फ नव जन जागृति भेट्रान्स क्लब सिमरा, द ओल्ड क्यापिटल मावि, ओसन क्लब र पटिहानी फुटबल क्लब चितवन रहेका छन् । यस्तै ग्रुप सीतर्फ थ्री स्टार क्लब ललितपुर, श्री लक्ष्मी सामुदायिक शिक्षा सदन, जि एण्ड ए एकेडेमी काठमाडौं र कटारी टाईगर फुटबल क्लब उदयपुरको टिम रहेको उनले बताए ।
पहिलो दिन ८ खेल हुने अध्यक्ष खत्रीले जानकारी दिए । पहिलो खेल नारायणगढ फुटबल क्लब चितवन र घोडाघोडी फुटबल क्लब कैलाली बीच हुने उनले जानकारी दिए । दोस्रो खेल हिल्ली फिल्डर्स गोरखा एफ सी र समाज कल्याण खेलकुद केन्द्र क्लब काठमाडौं बीच हुनेछ । तेस्रो खेल नव जन जागृती भेट्रान्स क्लब सिमरा र पटिहानि फुटबल क्लब चितवनबीच हुने बताएको छ ।
यस्तै चौंथो खेल द ओल्ड क्यापिटल मावि र ओसन क्लबबीच हुने छ भने पाचौं खेल थ्री स्टार क्लब ललितपुर र जि एण्ड ए एकेडेमी काठमाडौंबीच हुनेछ । लक्ष्मी सामुदायिक शिक्षा सदन र कटारी टाईगर फुटबल क्लब उदयपुरबीच पहिलो दिनको छौटौं खेल हुनेछ । यस्तै नारायणगढ फुटबल क्लब चितवन र समाज कल्याण खेलकुद केन्द्र क्लबबचि सातौं तथा घोडाघोडी फुटबल क्लब र हिल्ली फिल्डर्स गोरखा एफ सीबीच सो दिनको अन्तिम खेल हुने बताएको छ ।
यस्तै दोस्रो दिन पहिलो चरणको १० खेल हुने आयोजकले जनाएको छ । लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा जम्म ३९ खेल हुने क्लबका अध्यक्ष खत्रीले जानकारी दिए । एउटा टिमले कम्तिमा ५ खेल सम्म खेल्न पाउने छन् । प्रतियोगिताको बिजेता टिमले २५ अजार नगदसहित ओसन कप रनिङ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । यस्तै उप–बिजेता टिमले १५ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
गोरखा नगरपालिका र वडा नं. ९ ले एक/एक लाख बजेट विनियोजन गरेको अध्यक्ष खत्रीले बताए । प्रतियोगिता सम्पन्न गर्नका लागि १२ लाख ६५ हजार एक सय लाग्ने आयोजकको अनुमान छ । सहभागी टिमहरुको आवातजावत तथा आवासको व्यवस्था समेत आयोजकले गर्ने बताएको छ । साथै गोरखाको पर्यटकीय स्थलहरुको भ्रमण तथा अवलोकन समेत गराउने उनले बताए । प्रतियोगिता क्लबको वडा नं. ९ दलभज्याङ्गस्थित कृत्रिम घाँसे मैदानमा खेल हुनेछ ।




